टाेकियाे ओलम्पिकका १८ प्रतिशत टिकट फिर्ता हुने

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-०८-१८
  • |
  • 194 पटक हेरिएको

जापानमा अर्को बर्ष हुने टोकियो ओलम्पिकका लागि विक्रि भएको टिकटमा १८ प्रतिशतको फिर्ता हुने भएको छ ।

टोकियो ओलम्पिक आयोजकले विहिबार एक कार्यक्रममा टोकियो ओलम्पिकका लागि खरिद गरेका टिकट होल्डरले आफ्नो रकम फिर्ता पाउने मौका दिने भनिएको छ ।

एक बर्ष कोरोनाका कारण स्थगित भएको ओलम्पिकका करिव आठ लाख १० हजार जनाले टिकट रिफन्ड गर्नका लागि आग्रह गरिएको बताइएको छ । चिठ्ठाको माध्यमबाट टोकियो ओलम्पिकका लागि चार दशमलव ४५ मिलियन टिकट विक्रि भएको भनिएको छ ।

टिकट खरिद गरेकालाई नोभेम्बर महिनासम्मका लागि रिफन्डको मिति राखिएको थियो । डिसेम्बरमा टिकटको रकम फिर्ता गर्ने प्रक्रिया सुरु हुनेछ । टिकट रिफन्ड भएपछि तिनीहरुलाई फेरी विक्रि गरिने भएको छ ।

२०२० का लागि विक्रि भएका टिकटको मान्यता २०२१ मा पनि दिइनेछ । टोकियो ओलम्पिकका बेला खेल स्थलमा दर्शकलाई प्रवेश गराउने नगराउने भन्ने विषयमा एकिने हुन बाँकी छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey