एशियाली खेलकुदकाे आयोजनाका लागि दावेदार देशबाट नेपालले फाइदा लिने सुनाैलाे माैका

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-०८-१८
  • |
  • 287 पटक हेरिएको

सन् २०३० मा हुने एशियाली खेलकुद प्रतियोगिताका लागि दावेदारका रुपमा रहेका छन, दुई एशियाली देश कतार र साउदी अरेविया । राजनितीक रुपमा पनि कट्टर मानिने यी दुई देशविच एशियाली खेलकुदको आयोजनाको कट्टर दावेदारीता रहेको छ ।

करिब डेढ महिनापछि सन २०३० को एशीयाली खेलकुद प्रतियोगिता आयोजना गर्ने देशको टुंगो लाग्दैछ । पछिल्लो समय चिसिएको सम्बन्धका कारण पनि एशीयाली खेलकुद आफ्नो पक्षमा पार्न दुवै मरिहत्ते गरेर लागिपरेका छन । यसै सिलसिलामा कतारले नेपालमै आएर आफ्नो पक्षमा मत दिन आग्रह गरेको छ ।

कतारले एशीयाली खेलकुदको आयोजना अधिकार प्राप्तिलाई आफ्नो राष्ट्रिय प्राथमिकता भएको बताएको छ । किनकी कतारलाई नाकावन्दी लगाउँदा साउदी अरेबियाको प्रमुख रोल थियो । जसका कारण उनीहरुको सम्बन्ध पनि निकै चिसिएको छ । त्यसैले पनि कतारले यसलाई राष्ट्रिय एजेन्डाकै रुपमा लिएको छ ।

यतिबेला दुवै राष्ट्र एशियाली देशको मत आफ्नो पक्षमा पार्न दौडधुप गरिरहेका छन । यस क्रममा कतारको १२ सदस्यीय टोली बिहिबार नेपाल आएर आफुलाइ मत दिन आग्रह गरेको छ । कतार ओलम्कि कमिटीका महासचिव जसिम रसिद अल्बुएनैले नेपाल र कतारको कुटनितिक सम्बन्ध धेरै राम्रो रहेकाले पनि आफ्नो पक्षमा मत आउनेमा विश्वस्त रहेको उल्लेख गरेका छन ।

एशियाली खेलकुदका लागि मत माग्न यसरी कुनैपनि देश नेपाल आएको यो पहिलो पटक हो । यसपटक कतारले यस्तै गर्नुको कारण उसलाई साउदी अरेवियालाई खेलकुदको माध्यमबाट हराउनु छ ।

उसले, नेपाल ओलम्पिक कमिटी समक्ष आफ्ना योजनाहरु पनि प्रस्तुत गरेको थियो । पांच सय भन्दा बढी अन्तराष्ट्रिय प्रतियोगिता आयोजना गरेको अनुभव, उच्च स्तरिय पुर्वाधार, प्रविधीको उच्चतम प्रयोग लगायतले एशीयाली खेलकुद अहिलेसम्मकै शानदार हुने उसको दाबी छ ।

कतारले यसअघि सन २००६ मा एशीयाली खेलकुदको १५ औं संस्करण आयोजना गरेको थियो । । सो प्रतियोगितामा नेपालले तीन कास्य पदक जितेको थियो । साउदीले अहिले सम्म एशीयाली खेलकुद आयोजना गरेको छैन् । नेपालले दोहा अथवा रियाद कसलाई समर्थन गर्ने भन्ने निर्णय गरिसकेको छैन् ।

नेपालका लागि भने कतारको आगमन खेलकुद विकासका लागि महत्वपुर्ण हुन सक्ने नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले बताएका छन । उनले साउदी अरेवियाले पनि नेपालमा डेलिगेसन लिएर आउने बताएको खुलाए । नेपालले अहिले नै कसलाई भोट दिने भन्ने एकिन नगरेको श्रेष्ठले बताए ।

डिसेम्बर १६ मा ओमानमा हुने एशियाली ओलम्पिक कमिटीको वार्षिक साधारण सभाले आयोजक राष्ट्र छनोट गर्नेछ । कतार र साउदी मध्ये एकलाई आयोजना अधिकार दिनेछ । जसमा ४५ सदस्य राष्ट्रले मतदान गर्नेछन ।

यो एशियाली खेलकुद आयोजनाबाट नेपालले पनि राम्रो मौका पाउने संभावना रहेको छ । जसलाई ओलम्पिक कमिटीले कुन रुपमा साथ लिन्छ भन्ने मुख्य चासोको विषय हो ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey