जसकाे संघ विवादमा छ, उनै विवाद समाधान समितीकाे संयाेजक

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-०८-१८
  • |
  • 273 पटक हेरिएको

नेपाली खेलकुदमा रहेका संघहरुमा हुने विवादलाई समाधान गर्नका लागि युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइरालाको संयोजनमा विवाद समिती गठन गरेको छ ।

मन्त्रालयले खेलकुद संघभित्रका विवाद र समस्या समाधानका लागि कोइरालाको संयोजनमा सात सदस्यिय समिती गठन गरेको हो । जसमा गोविन्द भट्टराई, नन्दा बस्याल, परेन्द्रविक्रम लाखे, नारायण अर्याल, इन्द्र कार्की र भक्तबहादुर ढकाल छन ।

मन्त्रालयले गठन गरेको समितीको संयोजक रहेको खेल संघ नै पछिल्लो केहि बर्षदेखि विवादमा रहेको छ । राष्ट्रिय मान्यता पाएको भनेर नेपाल तेक्वान्दो संघसँग जाहेरी गर्दै आएको राष्ट्रिय तेक्वान्दो संघको विवाद अहिलेसम्म समाधान हुन सकेको छैन ।

अब उनी आफै विवाद समाधानको संयोजकमा आएपछि यो विवाद समाधान हुने हो या होइन, त्यो गौण नै रहेको छ ।

मन्त्रालयले विवाद समाधानका लागि यसअघि पनि तत्कालिन उपाध्यक्ष पिताम्बर तिम्सिनाको संयोजनमा समिती बनाएको थियो । त्यो बेला जिम्नास्टिक, कराते, कुस्ती लगायतका संघको विवाद समाधान भएको थियो ।

अहिलेपनि टेबलटेनिस, बडिबिल्डिङ, पारा खेलकुद लगायतको विवाद मिल्न सकेको छैन । खेलकुदको नयाँ ऐन अनुसार एकै प्रकारका दुई संघ अस्तित्वमा हुँदा उनीहरुले तीन महिनामा एकजुट नभएमा वा एउटै नभएमा स्वतः खारेज हुने भनिएको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey