पौडी प्रशिक्षण शिविर सुरु

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-०२-०२
  • |
  • 214 पटक हेरिएको

नेपाल पौडी संघले पौडी प्रशिक्षकहरुको स्तरोन्नतीका बुधबारदेखि फिना कोचेज क्लीनिक सुरु गरेको छ । अन्तर्राष्ट्रिय पौडी महासंघ फिनाको प्राविधिक सहयोगमा नेपाल पौडी संघले आयोजना गरेको क्लीनिकमा पौडीसँग सम्बन्धित ६० जनाको सहभागिता रहेको थियो ।

राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष तथा ओलम्पिक कमिटिका महासचिव लामा टेण्डी शेपाले प्रशिक्षण शिविरको उद्घाटन गरेका थिए ।
फिनाबाट आएका प्रशिक्षक निगेल लोपेजले पौडी प्रशिक्षक तथा खेलाडीलाई प्रशिक्षणका बारेमा प्रशिक्षण दिनेछन् ।

हात्तीबन स्थित लिटिल एन्जल्स स्कुलमा जारी प्रशिक्षण कार्यक्रम पाँच दिनसम्म चल्नेछ । यस प्रशिक्षणपछि खेलाडी तथा प्रशिक्षकले पौडी प्रशिक्षक र लाइफगार्ड बन्नका लागि आधिकारिक मान्यता पाउनेछन् ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey