बाँकेको खजुरामा ५८ करोडको लागतमा खेलकुद ग्राम निर्माण सुरु

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-०८-१५
  • |
  • 202 पटक हेरिएको

संघीय सरकारको ‘एक गाउँपालिका, एक खेलकुद ग्राम’ निर्माण गर्ने नीतिअनुसार बाँकेको खजुरामा ५८ करोडको लागतमा खेलकुद ग्राम निर्माण थालनी भएको छ । यसले खेल गतिबिधी सहज हुने भन्दै खेलाडी र खेलप्रेमी उत्साहित भएका छन् ।

खजुरा गाउँपालिकाको वडा–२ सीतापुरस्थित शुक्र भलिबल स्टेडियममै खेलकुदग्राम निर्माणको कार्य भइरहेको छ । ५७ करोड ८७ लाखको लागतमा एउटै स्थलमा धेरै खेल सन्चालन गर्न भौतिक संरचना निर्माण गर्न थालिएको हो । यस्ता खेलकुद ग्रामले शहर केन्द्रीत खेल गतिबिधी गाउँस्तरसम्मै सन्चालन गर्न सघाउ पुग्ने खेलप्रेमीका अपेक्षा छ ।

गाउँ स्तरको खेलकुदग्राम निर्माण आयोजनाअन्तर्गत राष्ट्रिय मापदण्डका फुटबल मैदान, पौडी पोखरी, बहुउदेश्यीय कर्वडल, जिमहल, पार्किङ स्थल र खेलाडीका लागि आवासीय भवन निर्माण थालिएको छ ।

खजुराले आठौ राष्ट्रिय खेलकुद प्रतियोगिताका बेला आधा दर्जन खेलकुद प्रतियोगिता सन्चालन गर्ने अवसर पाएको थियो ।

त्यसैबाट हौसिएको खजुरा अहिले खेलकुद ग्राम अन्र्तगत सबै खेलका पूर्वाधार तयार गर्न अग्रसर देखिन्छ ।बहुवर्षीय योजनालाई समयमै सम्पन्न गर्न सके ओझेलमा परेका स्थानीय खेलाडीका लागि अवसरका धेरै ढोका खुल्ने थिए ।

 

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal