Mega Bank

अभ्यास खेलमा नेपालको जित, युएइ ए टिम २५ रनले पराजित

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७४-१०-१६
  • |
  • 56 पटक हेरिएको

आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ को तयारीमा लागि युएईमा रहेको नेपालले युएईको ए टिमलाई २५ रनले हराएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ४९ ओभर तीन बलमा दुई सय ४६ रनमा अलआउट भयो । ३६ रन हुदा पहिलो विकेट गुमाएको नेपालका लागि दिलिप नाथले ६१ रन बनाउदा कप्तान पारस खड्काले २० तथा ज्ञानेन्द्र मल्लले १८ रनको योगदान गरे । यस्तै अनिलकुमार शाहले ३१ रन जोडदा पहिलो पटक राष्ट्रिय टिममा स्थान बनाएका रोहितकुमार पौडेलले ४३ रन जोडे । यस्तै करन केसीले विस्फोटक ३५ रन बनाउदा बसन्त रेग्मीले २१ रन थपे । बलिङ तर्फ युएई ए टिमका लक्ष्मण श्रीकुमारले तीन विकेट लिए ।

२ सय ४७ रनको लक्ष्य पछ्याएको युएई ४८.४ ओभरमा २ सय २१ रनमै अलआउट हुन पुग्यो । घरेलु टोलीलाई रोक्न नेपालका लागि पारस खड्काले  विकेट लिँदै उत्कृष्ट बलिङ गरे । त्यस्तै दिपेन्द्र ऐरीले ३ महत्त्वपूर्ण विकेट लिँदै नेपालको जितको सम्भावना अझै बलियो बनाएका थिए । त्यस्तै करन केसी र ललित भण्डारीले पनि एकएक विकेट लिएका थिए ।

युएईले बिना क्षति ८७ बनाए पनि त्यसपछी दिपेन्द्र र पारसले युएईको टप अर्डर ध्वस्त बनाएका थिए । युएईका ओपनर फहाद नवाजले ३६ रन बनाएका थिए भने अर्का ओपनर चिराग सुरीले ४५ रनको योग्दान दिए । पारीको अन्तिममा निल लोबोले ५९ रनको राम्रो पारी खेल्दै युएईको पारी उकास्न खोजे पनि उनी सफल भएनन् ।

भर्खरै

Advertisement