कराते टोलीलाई खेल सामाग्री

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-०८-०९
  • |
  • 269 पटक हेरिएको

टोकियो ओलम्पिकको तयारीमा रहेको कराते टोलीलाई मंगलबार खेल सामाग्री प्रदान गरिएको छ । २ खेलाडी र १ प्रशिक्षक गरी ३ सदस्यीय टोलीलाई केल्मीको जुत्ता, ट्रयाक्सुट र ब्याग प्रदान गरियो ।

नेपाली कांग्रेस केन्द्रीय खेलकुद विभागका सचिव मिनकृष्ण महर्जनसहित प्रायोजकद्वय विनोद महर्जन र रवि महर्जनले खेलाडीद्वय नवीन रसाइली र अनु अधिकारी तथा प्रशिक्षक दीपक श्रेष्ठलाई एक कार्यक्रमबीच सामाग्री हस्तान्तरण गरे ।

ललितपुर जिल्ला किक बक्सिङ संघका अध्यक्ष महर्जनले ट्रयाकसुट र जुत्ता गरी जम्मा ४९ हजारको सामाग्री प्रदान गरे । त्यस्तै आठौं दक्षिणकाली खेलकुदअन्तर्गत करातेका स्वर्ण विजेता रविले १५ हजार बराबरको ब्याग हस्तान्तरण गरे ।

कार्यक्रममा प्रशिक्षक श्रेष्ठले जुनमा फ्रान्समा क्वालिफाइङ तथा पोर्चुगल, साइप्रस र मोरोक्कोमा हुने कराते लिगमा सहभागिताका लागि प्रयास भइरहेको जानकारी गराए । त्यस्तै कुवेतमा हुने एसियन च्याम्पियनसिपमा पनि सहभागिताका लागि नेपाल कराते महासंघले प्रयास गरेको अवगत गराए ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey