गाैतमबुद्ध रङ्गशालाकाे प्याराफिटकाे काम तिब्र गतिमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-०८-०५
  • |
  • 428 पटक हेरिएको

जनस्तरबाट निर्माण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माण कार्य तीव्र रुपमा अघि बढेको छ । कोरोनाको प्रवाह नगरी अघि बढेको निर्माण कार्य चाडबाडको बेलामा पनि निरन्तर निर्माण कार्य भइरहेको छ ।

नेपालले एकदिवसीय राष्ट्रको मान्यता पाएपछि निर्माणको जग बसेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माण कार्य तीव्र रुपमा भइरहेको छ । धुर्मुस सुन्तली फाण्डेशनले चितवनको रामपुरमा निर्माण गरिरहेको रंगशालाले आकार लिन थालेको छ । दुई वटा पेभेलियनको फाउण्डेशन तयार भइ सकेको छ । स्ट्याण्ड ‘ए’ र ‘बी’ नाम दिइएको पेभेलियनमा ३० हजार दर्शक अट्ने क्षमता छ ।

यी दुई पेभेलियनलाई दुई वटा टावरले जोड्ने छ । जहाँ भिआइपी बक्स, मिडिया र प्रशासनिक क्षेत्र रहने छन् । अहिले पेभेलियनको प्लिन्थ लेभलको काम भइरहेको छ । कोभिड महामारीले हरेक क्षत्रे प्रभावित भए पनि रंगशाला निर्माणको काम भने रोकिएन ।

सुरुवाती लकडाउनको समयमा केही दिन काम प्रभावित भए पनि पछि सुरक्षा सावधानी अपनाएर निरन्तर निर्माणको काम चलिरहेको छ । नेपालीहरुको ठूलो चाड बडा दशैं र तिहारमा समेत निर्माण कार्यले निरन्तरता पायो । ३ सय कामदार निरन्तर निर्माण काममा जुटिरहँदा सम्पूर्ण निर्माणको १५ प्रतिशत काम सम्पन्न भइसकेको छ ।

पेभेलियन निर्माणसंगै खेल मैदानको निर्माण कार्य पनि अन्तिम चरणमा पुगेको छ । १७ हजार ६६२.५ वर्ग मिटरको खेल मैदानको ८५ प्रतिशत काम पुरा भइसकेको छ । मैदानमा अन्तिम टप लेयर फिलिङ पश्चात बुर्मुदा नामको घाँस रोपिने छ । मैदानमा अन्तर्राष्ट्रिय मापदण्डका ७ वटा पीच तयार हुनेछ । पीच निर्माणमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसीसीका प्रतिनिधि बान्दुला वार्नापुराले सघाइ रहेका छन् ।

रंगशाला निर्माणको काम जति अघि बढीरहेको छ त्यतितै चुनौती पनि थपिदै छ । मुख्य गरी रंगशाला निर्माणको आर्थिक बाटो नै चुनौतीको रुपमा खडा भएको छ ।

अर्को वर्ष माघ महिना भित्र सक्ने लक्ष्य राखिएको रंगशाला निर्माणका लागि ३ अर्ब ५५ करोड ९८ लाख खर्च हुनेछ । हालसम्म रंगशाला निर्माणका लागि ३० करोड ३० लाख १० हजार १०५ रुपैयाँ खर्च भइसकेको छ ।

तर रंगशालाको लागि हालसम्म २५ करोड, ४६ लाख ५९ हजार ५७७ रुपैयाँ मात्रै संकलन भएको छ । रकम अभाव भइरहेका बेला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले केही रकम सहयोग त गरेका छन् तर त्यो प्रयाप्त भने छैन । यसरी नै सबै क्षेत्रबाट सहयोग उठ्दै गए नेपालको पहिलो सुविधा सम्पन्न कमल फूलको आकारमा क्रिकेट रंगशाला बन्न समय लाग्ने छैन ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal