ह्यामिल्टन बने सातौंपल्ट विश्व च्याम्पियन, सुमाचरको कीर्तिमान बराबरी

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-०८-०१
  • |
  • 1045 पटक हेरिएको

नेप्लेज । आइतबार टर्कीस ग्रान्ड प्रिक्स जितेपछि लेविस ह्यामिल्टन फर्मुला वान इतिहासकै सबैभन्दा सफल रेसिङ ड्राइभर बनेका छन् । उनी सातौंपल्ट विश्व च्याम्पियन बनेका हुन् ।

द मर्सिडिजका ड्राइभर ह्यामिल्टनले उपाधिको हिसावमा माइमल सुमाचारको कीर्तिमान बराबरी गरेका छन् । तर सुमाचरको जितको कीर्तिमानलाई भने उनले अघिल्लो महिना नै तोडिसकेका थिए ।

एक डरलाग्दो हिलो र चिप्लो इस्तानबुल पार्कको ट्रयाकमा जित हासिल गरेका ३५ वर्षीय ह्यामिल्टनको यो ९४ औ करिअर उपाधि हो ।

रेस सकिएपछि जव उनलाई आफ्ना टिमका साथीहरुले बाधाइ दिन थाले । ह्यामिल्टनले भावुक हुँदै भने कि, ‘सबै बालबालिकाले असम्भव सपना देख्नुपर्छ ।’

‘सातपल्ट जित्नु अकल्पनीय हो । तर जव तपाईंसँग यति ठूलो संख्यामा आफ्नो टिम छ र वास्तवमै तपाईहरु एक अर्कालाई पूर्ण विश्वास गर्नुहुन्छ भने तपाई जस्तो सुकै काम पनि सम्पन्न गर्न सक्नुहुन्छ,’ कारबाट बाहिर निस्किएर ह्यामल्टनले भने, ‘मलाई लागिरहेको छ कि म भर्खर सुरुआत गर्दैछु । यो वास्तवमै सानदार छ ।’

यी इंग्लिस खेलाडीले सन् २००८ मा पहिलो उपाधि जितेका थिए । त्यसपछि सन् २०१४, २०१५, २०१७, २०१८ र २०१९ मा उपाधि जितेका थिए ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey