रजिनको रिपोर्ट नेगेटिभ ‘खेल्ने या नखेल्ने प्रशिक्षकको हातमा’ (कुराकानी)

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-०७-३०
  • |
  • 230 पटक हेरिएको

नेप्लेज, ढाका । नेपाली राष्ट्रिय फुटबल टिमका डिफेन्डर रजिन धिमाल टिममा समावेश भएका छन् ।

बंगलादेशसँगको सिरिज खेल्न आएपछि उनी ढाकामा कोरोना संक्रमित भएका थिए । पहिलो खेलमा हस्पिटलमै बसेका उनी रिपोर्ट नेगेटिभ आएसँगै आइतबार नेपाली टिमसँग सहभागी भएका हुन् ।

खेलाडीहरु बसेको होटेल आएपछि उनी जिममा सहभागी भए । धिमालले सोमबार नेपाली टिमले गर्ने अन्तिम अभ्यासमा सहभागीता जनाउने छन् । मंगलबार नेपाली टिमले बंगलादेशसँग बंगबन्धु रंगशालामा सिरिजको दोस्रो तथा अन्तिम खेल खेल्दै छ ।

हस्पिटलबाट फर्किएका रजिनले नेप्लेजसँग कुरा गर्दै अब भोलिदेखि टिमसँग नियमित अभ्यासमा फर्कने बताए । बंगलादेशसँगको अर्को खेलमा खेल्न आफू पूर्णरुपमा तयार रहे पनि खेल्ने या नखेल्ने भन्ने कुरा प्रशिक्षकको हातमा रहेको पनि बताए ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey