जुडो क्लवलाई पन्ध्र लाखको सहयोग

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-०७-२८
  • |
  • 266 पटक हेरिएको

सोलुखुम्बुको एभरेष्ट जुडो क्लबलाई १५ लाख बराबरको खेल सामाग्री प्रदान गरिएको छ । सोलुखुम्बुकै खुम्जुङमा तालिम केन्द्र स्थापना गर्न ५० थान म्याट र १ सय ३१ थान गी प्रदान गरिएको नेपाल जुडो संघका महासचिव समेत रहेका क्लबका संस्थापक धर्मकुमार श्रेष्ठले जनाएका छन् ।

खुम्जुङमा ३ हजार ८ सय मिटर उचाईमा तालिम केन्द्र स्थापना गर्न लागिएको महासचिव श्रेष्ठले जानकारी गराए । सोलुखुम्बुको स्थानिय सरकारसंगको समन्वयमा स्थापना गरिने तालिम केन्द्र विश्वकै उच्च स्थानको हुने दाबी गरिएको छ ।

एनपीओ जुडोस, तोकाइ युनिभर्सिटी, जापानको सहयोगमा सामाग्री प्राप्त भएको हो । त्यसका लागि अस्ट्रियाकी ओलम्पियन (जुडो खेलाडी) सब्रिना फिल्जोमोरको मध्यस्थतामा नेपाल जुडो संघ, महासचिव श्रेष्ठ र क्लबका अध्यक्ष काजी शेर्पाले पहल गरेका थिए ।

कोरोना भाइरस (कोभिड– १९) को असर कम भएपछि तालिम केन्द्रको उद्घाटन गरिने बताइएको छ । साथै खेलाडीलाई प्रशिक्षण दिन जापान र जर्मनीबाट १ वर्षका लागि प्रशिक्षक भिकाउने तयारी पनि भइरहेको महासचिव श्रेष्ठले जानकारी दिए ।

उक्त सामाग्री काठमाडौंदेखि फाप्लुसम्म ट्रकमा र त्यहाँबाट खुम्जुङसम्म हेलिकप्टरमा पु¥याइएको थियो । करिब ४ वर्षअघि क्लबले सोलुखुम्बुको मन्जुमा पनि तालिम केन्द्र स्थापना गरिसकेको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey