मात्र दुई हप्ताकाे तयारीले पनि उत्कृष्ट खेल्नेछाै-बालगाेपाल महर्जन

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-०७-२७
  • |
  • 320 पटक हेरिएको

नेपाली फुटबल टिमले भोली (शुक्रबार) बंगलादेशसँग पहिलो मैत्रीपुर्ण खेल खेल्दैछ । यसका लागि नेपाली टिमले तयारी पनि पुरा गरेको छ । बंगबन्धु रंगशालामा हुने खेल अगाडी नेपाली टिमका प्रशिक्षक बालगोपाल महर्जनसँग नेप्लेजका सहकर्मी मुक्तिबाबु रेग्मीले गरेको कुराकानी

एक वर्ष पछाडि नेपाली टिम खेल्दै छ कस्तो नतिजाको आशा गर्नुभएको छ ?

एकै पटक नतिजाको आशा भन्दा पनि छोटो तयारीको बाबजुत नेपाली टिम खेल्दै छ । २ हप्ताको तयारीमा नतिजा आउन कठिन नै हुन्छ तैपनि हामीले तयारी राम्रो गरेका छौं । अहिले हामीले विश्वकप छनोट खेलको अभ्यास म्याचका रुपमा लिएका छौं । यो गेमले गर्दा आगामी म्याचका लागि कसरी टिम तयारी गर्ने लगाएतका हरेक कुराहरुको ज्ञान हामीले हासिल गर्ने छौं । साथै हामीले यो म्याचमा राम्रो प्रदर्शन गर्र्दै राम्रो नतिजा पनि ल्याउने विश्वास गरेका छौं ।

हामी अब विश्वकप छनोटका खेलहरु खेल्न बाँकी छ, नेपाली टिम अहिले नयाँ छ यो अवस्थामा कस्तो अपेक्षा राख्ने ?

अहिले हामी कोरोना भाइरसको संक्रमणको बीचबाट गुज्रिरहेका छौं । यो टिम बनाउँदा बोलाएका खेलाडीहरु पनि संक्रमित भए । जसले गर्दा उनीहरुले बंगलादेशको यात्रा गर्न पाएनन् । यताबाट गइसकेपछि खेलाडीहरु बोलाउँदा हरेक कुराहरुलाई ध्यानमा राखेर संक्रमण मुक्त भएका खेलाडीहरुलाई पनि समावेश गरेर टिम बनाउनु पर्छ । बंगलादेशसँगको म्याच खेलिसकेपछि नेपाली टिमलाई कुन पोजिसनको खेलाडी आवश्यक छ भन्ने थाहा हुने छ ।

नयाँ खेलाडीले चान्स पाउने सम्भावना छ ?

अवश्य पनि । सिचुयसन हेरर चान्स पाउन्छन् । नयाँ एकै पटक खेलाउने कुरा पनि हुँदैन । जुन पोजिशनमा आवश्यकता हुन्छ त्यसै अनुसार खेलाउने हो । नयाँ खेलाडीले पनि आफूलाई मौका पाएको बेला त्यसलाई सदूपयोग गर्नुपर्छ ।

बंगलादेशको टिमलाई कसरी लिनुहुन्छ ?

बंगलादेश हामीभन्दा राम्रो टिममा पनि गनिन्छ । तर, पछिल्ला समयमा हामीले बंगलादेशविरुद्ध सफलता हासिल गरिरहेकाले छोटो समयको तयारीका बाबजुत पनि यस पटक पनि विगतकै जस्तो नतिजा आत्मसाथ गर्छौ भन्ने आशा र अपेक्षा गरेका छौं । तर, यो भन्दैमा सहज भने पक्कै छैन ।

दबाब महशुस गर्नुभएको छ वा रिल्याक्स हुनुुहुन्छ ?

दबाव र रिल्याक्स दुवै टिममा हुन्छ । त्यसको सामना गर्नु नै सबैका लागि राम्रो हुन्छ ।

बङ्गलादेशसँगकाे खेल अगाडी नेपाली खेलाडी र प्रशिक्षककाे भनाई भिडियाेमा

 

 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey