ओलम्पिक कमिटीकाे बार्षिक साधारण सभा भाेली, भर्चुअलकाे माध्यमबाट हुने

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-०७-२६
  • |
  • 218 पटक हेरिएको

नेपाल ओलम्पिक कमिटीको बार्षिक साधारण सभा भोली हुँदैछ । कोरोना भाइरसका कारण जमघट हुन कठिन भएपछि ओलम्पिक कमिटीले भर्चुअलको माध्यमबाट यो पटक बार्षिक साधारण सभा गर्ने भएको हो ।

जीवनराम श्रेण्ठको अध्यक्षतामा हुने साधारण सभामा सहभागि सबैलाई भर्चुअलको माध्यमबाट छलपल हुने भएको छ । जसमा बार्षिक प्रतिवेदनका साथै आर्थिक प्रतिवेदनपनि पेश गरिनेछ ।

यस्तै टोकियो ओलम्पिकका तयारीका साथै कोभिडका कारण परेको असरबाट ओलम्पिक तयारीलाई कसरी राम्रो गर्न सकिन्छ भन्ने विषयमा पनि छलफल हुने बताइएको छ ।

पछिल्लो पटक कोरोनाका कारण ओलम्पिक कमिटीका गतिविधीहरुपनि ठप्प जस्तै छन । पदाधिकारीले आन्तरीक रुपमा आफ्नो कामहरु गरेपनि विचमा केहि पदाधिकारीमा संक्रमण देखिएपछि कामहरु रोकिएका थिए ।

आसन्न टोकियो ओलम्पिकका लागि नेपालबाट वाइल्डकार्डमा परेका खेलाडीलाई कसरी प्रशिक्षणमा फर्काउने भन्ने अहिले मुख्य चिन्ता रहेको छ । करातेले आफ्नो प्रशिक्षण सुरु गरेपनि बाँकी खेलको प्रशिक्षण अझै सुरु हुन सकेको छैन ।

पहिलो पटक ओलम्पिक कमिटीले आइओसी र ओसिएको स्विकृतीमा भर्चुअलको माध्यमबाट क्यानको साधारणसभा गर्न लागेको हो ।

 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey