बंगलादेशसँगको खेलमा राम्रो नतिजा निस्कने आशा छ- बालगाेपाल महर्जन

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-०७-२६
  • |
  • 196 पटक हेरिएको

नेपाली राष्ट्रिय फुटबल टिमका प्रशिक्षक बालगोपाल महर्जनले बंगलादेशसँगको मैत्रीपूर्ण म्याचका लागि तयारी अवस्थामा रहेको बताएका छन् । विहीबार काठमाडौंबाट ढाका आएको नेपाली टिमले आइतबारदेखि मैदानमै पुगेर अभ्यास गरेको थियो ।

चार दिन मैदानमै अभ्यास गरेको नेपाली टोलीले विहीबार भने बंगबन्धु रंगशालामा अभ्यास गर्ने तय भएको छ । प्रशिक्षक महर्जनले नेपाल म्याचका लागि तयारी अवस्थामा रहेको बताए । नेप्लेजसँगको कुराकानीमा कोभिडको बीचमा पनि प्रतियोगिता हुुनु आफैमा खुशीको कुरा भएपनि तयारीका हिसाबले भने धेरै कुरामा ध्यान दिन जरुरी रहेको बताए ।

नेपाली टिमका प्रशिक्षक योहान कालिन कोरोनाकै कारण नेपाल आउन नपाएपछि अन्तिमसमयमा टिम सम्हाल्ने जिम्मेवारी पाएका प्रशिक्षक महर्जनले समय थोरै भएकाले केही अप्ठेरो परेपनि अहिले सबै खेलाडीका बीचमा तालमेल मिलेको र बंगलादेशसँगको खेलमा राम्रो नतिजा निस्कने आशा व्यक्त गरे ।

यसका साथै उनले खेलाडीलाई प्रशिक्षणमा बाेलाउँदा धेरै पक्षमा ध्यान दिनुपर्ने र याे पटक त्याे ध्यान नदिदाँ सुरुवातमा केहि कठिन भएकाे बताए ।

हेराै बालगाेपालसँगकाे कुराकानी भिडियाेमा

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey