बाइकको नियन्त्रण गुमाएपछि सुपरबाइक स्टार म्याथियस बार्बोसाको रेसको दौरान मृत्यु

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-०७-२५
  • |
  • 309 पटक हेरिएको

फ्याटल क्र्यास सुपरबाइक स्टार म्याथियस बार्बोसाको साओ पाउलो दौडमा बाइकको नियन्त्रण गुमाएपछि दुर्घटनामा मृत्यु भएको छ।

२३ वर्षिय म्याथियस ब्राजिलमा आयोजित एक बाइक रेसको क्रममा नियन्त्रण गुमाउन पुगेपछि बारमा ठोकिन पुगेका थिए । आइतबार ब्राजिलको साओ पाउलोको एक सुपरबाइक प्रतियोगितामा सहभागि उनलाई दुर्घटना लगतै मृत घोषित गरिएको थियो ।
प्रतियोगिताको आयोजक टिमका अनुसार दुर्घटनालगतै मेडिकल टिम उनी भएको स्थानमा पुगेको थियो तर उनको शरिरमा गम्भिर चोट लागेकाले उनी अचेत अवस्थामा भेटिएका थिए ।

आयोजक टिमले उनको मृत्यु र बाइकको अवस्थाबारे अनुसन्धान भइरहेको बताएका छन् । यसभन्दा अघि अप्रिलमा अर्का सुपरबाइक स्टार माउरिसियो प्यालुडेटेको पनि रेसको दौरान मृत्यु भएको थियो ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey