सन्यास लिनु अगाडी गाैतमबुद्ध क्रिकेट रङ्गशालामा खेल्ने चाहना छ-पारस

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-०७-२४
  • |
  • 371 पटक हेरिएको

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्काले आफुले खेलाडी जीवनबाट सन्यास लिनु भन्दा अगाडी गौतमबुद्ध क्रिकेट रंगशालामा खेल्ने चाहना रहेको बताएका छन । सोमबार चितवनमा निर्माणाधिन गौतमबुद्ध क्रिकेट रंगशालाको निरिक्षणका क्रममा पारसले यस्तो बताएका हुन ।

क्रिकेट खेलाडीका लागि नै यो रंगशाला बनिरहेको भएपनि उनीहरुबाट उल्लेख्य रुपमा मोरल सपोर्ट नपाएको गुनासो गर्दै आएको धुमुस सुन्तलि फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेले पनि मैदानका अवस्थाका बारेमा जानकारी दिएका थिए ।

पारसले अहिले रंगशालाको काम निकै दुर्त गतिमा भइरहेको र सुरुवातमा यो मैदानमा आउँदा कहिले बन्छ जस्तो अनुभव भएको थियो, तर अहिले हेर्दा चाँडै यो मैदानले आफ्नो अन्तिम रुप लिनेमा विश्वस्त रहेको बताए । साथै उनले सोचेको भन्दा धेरै काम मैदानमा भएको देख्दा निकै खुसी लागेको बताए ।

यो रंगशालालाई कसरी र कस्तो बनाउने भन्नेमा सबैको योगदान रहेको र क्रिकेट खेलाडीको हिसावले काम देख्दा निकै खुसी भएको र चाँडै यो रंगशालाले पुर्णता पाएको हर्न पाउनेमा विश्वस्त रहेको बताए ।

यसका साथै उनले धुर्मुससँग यो रंगशाला आफुले सन्यास लिनुभन्दा अगाडी उत्कृष्ट खेल खेल्न पाउनेमा विश्वस्त रहेको बताए । यो रंगशाला निर्माणका लागि भविष्यमा पनि सबैले सहयोग गर्छन भन्नेमा पनि विश्वस्त रहेको उनले बताए ।

देशमा कोरोना भाइरसको लकडाउन हुँदापनि यो रंगशाला निर्माणको काम भने रोकिएको थिएन । यस्तै दशैका बेला पनि सबै कामदारले यो रंगशालाको कामलाई दिनरात निरन्तरता दिएका थिए ।

 

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal