टिमको तयारीबाट सन्तुष्ट छौं, गोलकिपर प्रशिक्षक विकास मल्ल

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-०७-२४
  • |
  • 208 पटक हेरिएको

नेपाली राष्ट्रिय फुटबल टिमका गोल किपर प्रशिक्षक विकाश मल्लले तयारी राम्रो भएको बताएका छन् ।

बंगलादेशसँगको मैत्रीपूर्ण फुटबलका लागि गोल किपर प्रशिक्षक रहेका मल्लले समय नपाएकाले केही अप्ठेरो महशुस भएपनि गेम आउन केही समय भएकाले सुधार हुने विश्वास व्यक्त गरे ।

अहिले नेपाली टिमको गोल किपरमा कप्तान किरण चेम्जोङ आफै छन् भने दीप कार्की र विशाल श्रेष्ठ छन् । विकेश कुथु भने अन्तिम समयमा बंगलादेश आउन पाएनन् । तीन दिन होटेल क्वारेन्टिनमा बसेपछि शेख जमल धनमुण्डी मैदानमा हिजोदेखि अभ्यास थालेको थियो ।

अभ्यासका दौरान नेप्लेजसँग कुरा गर्दै गोलकिपर प्रशिक्षक मल्लले आफू अभ्यासबाट सन्तुष्ट रहेको प्रतिक्रिया दिए ।

बालगोपाल महर्जनको प्रशिक्षणमा नेपाली टिमले बंगलादेशसँग कात्तिक २८ र मंसिर २ गते गरि २ वटा मैत्रीपूर्ण फुटबल म्याच खेल्ने छ । नेपालले विश्वकप छनोटको खेल खेलिरहेकाले यसलाई उक्त म्याचको अभ्यासका लागि लिएको छ ।

कोरोना भाइरसको महामारीका कारण लामोसमय स्थगित भएका खेलहरु क्रमश खुला हुने क्रममा रहेका छन् । यस्तैमा नेपालले बंगलादेशसँग मैत्रीपूर्ण फुटबल खेल्न लागेको हो ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey