अल इण्डिया बक्सिङमा पुनमलाई काश्य पक्का

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१०-१६
  • |
  • 413 पटक हेरिएको

माघ १६, दिल्ली । भारतको नयाँ दिल्लीमा जारी इन्डियन ओपन अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगितामा नेपालकी पुनम रावलले काश्य पदक पक्का गरेकी छन् ।

मंगलबार महिला लाइट वेट ६४ केजी तौल समूहमा त्रिभुवन आर्मी क्लवकी पुनमले क्वार्टरफाइनलमा जित हासिल गर्दै अम्तिमा काश्य पदक पक्का गरेकी हुन् । सेमिफाइनलमा उनले भारतीय खेलाडीसँग प्रतिस्पर्धा गर्नेछिन् ।

दिल्लीस्थित त्यागराज स्पोर्ट्स कम्प्लेक्समा भएको क्वाटरफाइनलमा पुनमले ताजिकिस्तानकी खोलोभा इडीमोखलाई अंकको आधारमा पराजित गर्दै कास्य पदक पक्का गरेकी हुन् । पुनमले ताजिकिस्तानकी इडीमोखमाथि ५–० को जित निकालेकी थिइन् ।

पुनमको यो पहिलो अन्तर्राष्ट्रिय पदक हो । जितपछि उनले पदक जित्न पाउँदा गर्व लागेको प्रतिक्रिया दिइन् । उनले भनिन्, ‘अबको लक्ष्य स्वर्ण जित्ने हो ।’

प्रतियोगितामा पुनमले जितेको यो पदक नेपालको यो दोस्रो पदक हो । यसअघि नेपालकी विमला श्रेष्ठले कास्य पदक पक्का गरेकी छिन् ।

मंगलबार भएको अर्को क्वाटरफाइनल खेलमा भने नेपालकी सरस्वती रानामगर भने पराजित भइन् ।
मिडल ७५ केजी तौल समूहकी सरस्वती भारतीय खेलाडी स्विटी बूरासँग अंकको आधारमा ५–० ले पराजित भइन ।

प्रतियोगिता अन्तर्गत नै मंगलबार नेपालका तीन पुरुष खेलाडीले प्रतिस्पर्धा गर्न बाँकी छ । पुरुषतर्फ मनोहर (म्याक्स) बस्नेत, भुपेन्द्र थापा मगर र बिष्णु प्रसाद घलेले खेल्न बाँकी छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey