किरण म्यान अफ दि म्याच, मिनर्भाले बराबरी खेल्यो,

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१०-१६
  • |
  • 195 पटक हेरिएको

माघ १६, काठमाडौं । भारतीय घरेलु फुटबल लिग आई लिगमा नेपाली राष्ट्रिय टोलीका मुख्य गोलरक्षक किरण चेम्जोङको टोली मिनर्भा पञ्जावले ईष्ट बंगाल टिमसँग २–२ को बराबरी खेलेको छ ।

बराशात रंगशालामा दुई शून्यको अग्रता जोगाउन नसक्दा पाहुना टोली मिनर्भा पञ्जावले खेलमा अंक बाँढ्न बाध्य भयो ।

खेल सुरु भएको २०औं मिनेटमा सुकदेव सिंहले गोल गरी पञ्जावलाई अग्रता दिलाए । ३३औं मिनेटमा चेञ्चो गेल्स्थेनले गोल गरेपछि पहिलो हाफमा पञ्जावले २–० को अग्रता लियो ।

दोस्रो हाफमा तुलनात्मक रुपमा कमजोर प्रदर्शन गरेको पञ्जावका लागि गोलरक्षक किरण चेम्जोङले थुप्रै शटहरुमा उत्कृष्ट बचाउ गरे । घरेलु टोलीको एक पछि अर्को प्रहारमा किरण पनि चुक्न पुगे र ५९औं मिनेटमा जोवी जस्टिनले कर्नर प्रहारलाई सदुपयोग गरी हेडमार्फत गोल गरे ।

खेलको नियमित समय सकिनु १ मिनेटअघि पञ्जावले गोल खान पुग्यो । यही गोलले पञ्जावले सिजनको दोस्रो बराबरी खेल्यो ।

बराबरीपछि पनि पञ्जाव लिगको अंकतालिकामा शीर्ष स्थानमा आरामदायी अवस्थामा छ । उसको लिगमा ११ खेलबाट २६ अंक भएको छ भने दोस्रो स्थानमा रहेको नेरोका फुटबल क्लवको १२ खेलबाट २१ अंक छ । तेस्रो स्थानमा रहेको ईष्ट बंगालको समान १२ खेलबाट २० अंक भएको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey