२०२० को पुरुष र महिला टि–२० विश्वकप क्रिकेट अस्ट्रेलियामा

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१०-१६
  • |
  • 208 पटक हेरिएको

अन्तर्राष्ट्रिय क्रिकेट परिषदले सन् २०२० को पुरुष तथा महिला टि–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिता अस्ट्रेलियामा गर्ने निर्णय गरेको छ।

महिला टी–२० विश्वकप फेब्रअरी २१ देखि मार्च ८ सम्म हुनेछ भने पुरुष टी–२० प्रतियोगिता अक्टोबर १८ देखि नोभेम्बर १५ सम्म आयोजना हुनेछ ।

आइसीसीको मंगलबार बसेको बैठकले अस्ट्रेलियाका विभिन्न ८ वटा शहरमा खेलहरु आयोजना गर्ने निर्णय गरेको हो। अस्ट्रेलियाका एडिलेड, ब्रिस्बेन, क्यानवेरा, गिलोङ, हाबार्ट, मेलवर्न, पर्थ र सिड्नीमा खेलहरु सञ्चालन हुनेछन्। महिला र पुरुष दुवैतर्फको विश्वकप फाइनल भने मेलवर्न क्रिकेट ग्राउन्डमा हुनेछ।

महिलाका १० टिम तथा पुरुषका १६ टिमको विश्वकपमा सहभागिता हुने आइसीसीले जनाएको छ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey