युवा खेलाडीको उत्कृष्ट प्रदर्शन, नेपालले दियो २४७ रनको लक्ष्य

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१०-१६
  • |
  • 193 पटक हेरिएको

आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ को तयारीमा लागि युएईमा रहेको नेपालले युएईको ए टिमलाई दुई सय ४७ रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ४९ ओभर तीन बलमा दुई सय ४६ रनमा अलआउट भयो । ३६ रन हुदा पहिलो विकेट गुमाएको नेपालका लागि दिलिप नाथले ६१ रन बनाउदा कप्तान पारस खड्काले २० तथा ज्ञानेन्द्र मल्लले १८ रनको योगदान गरे ।

यस्तै अनिलकुमार शाहले ३१ रन जोडदा पहिलो पटक राष्ट्रिय टिममा स्थान बनाएका रोहितकुमार पौडेलले ४३ रन जोडे । यस्तै करन केसीले विस्फोटक ३५ रन बनाउदा बसन्त रेग्मीले २१ रन थपे । बलिङ तर्फ युएई ए टिमका लक्ष्मण श्रीकुमारले तीन विकेट लिए ।

जवाफमा युएई ए टिमले ब्याटिङ गरिरकेको छ ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal