माघ १६, हङकङ । नेपालले मैत्रीपूर्ण भलिबलमा हङकङलाई पराजित गरेको छ । सोमबार साँझ भएको दोस्रो मैत्रीपूर्ण खेलमा नेपाली राष्ट्रिय भलिबल टोलीले ३–१ को सेटमा हङकङको राष्ट्रिय टोलीमाथि जित निकालेको हो ।
यसअघि आइतबार भएको पहिलो खेलमा पनि नेपाली राष्ट्रिय टोलीले ३–२ को सेटमा जित निकालेको थियो ।
३४ वर्षपछि पहिलो पटक भएको भेटमा नेपालले हङकङलाई पराजित गर्न सफल भएको हो । हङकङको पो विङ रोड स्पोर्टस सेन्टरमा सोमबार भएको खेलको केहि तस्वीरहरु हेर्नुहोस् ।
तस्वीरः सुजन श्रेष्ठ, एनएसजेएफ