चाँडै फुटबल मैदानमा देखिँदैछु- बोल्ट

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१०-१६
  • |
  • 254 पटक हेरिएको

किर्तीमानी ओलम्पिक स्वर्ण पदक विजेता युसेन बोल्टले चाँडै आफू फुटबल मैदानमा देखिने बताएका छन ।

लाइट्नीङ बोल्टको उपनाम पाएका बोल्टले चाडै आफू बर्सिया डर्टमुन्ड क्लवबाट खेल्ने सम्भावना रहेको बताए ।

मार्च महिनामा बुर्सियामा ट्राइल गर्ने बताउँदै बोल्टले फुटबल आफ्नो दोस्रो चाहनाको खेल रहेको धारणा राखे ।

दक्षिण अफ्रिकाको जोहानेसबर्गमा पत्रकारसँग कुरा गर्दै किर्तीमानी बोल्टले ट्रयाक एण्ड फिल्डबाट सन्यास लिएपछि आफु फुटबल खेल्न आतूर रहेको र त्यो चाँडै पूरा हुने बताएका हुन्।

युवा एथ्लेटिक्स खेलाडीको विकाशमा दक्षिण अफ्रिकाले अझ धरै लगानी गुर्नपर्ने बताए । ओलम्पिकमा उनले एक सय र दुई सय मिटरमा किर्तीमान सहित स्वर्ण जितेका थिए ।

साथै उनी तीन वटा ओलम्पिकमा तीनै विधामा स्वर्ण जित्ने पहिलो खेलाडी हुन् ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey