एमबाप्पेलार्इ रियल मड्रिडले किन्न चाहेकाे खुलासा

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१०-१६
  • |
  • 187 पटक हेरिएको

माघ १६ । स्पेनिस महारथी रियम मड्रिडले फ्रान्सेली लिग वान क्लव मोनाकोमा युवा स्टार केलियन एमवाप्पेलाई अनुबन्ध गर्न पेरिस सेन्ट जर्मेइन् पीएसजीले जत्तिकै बोली लगाएको खुलासा भएको छ ।

सोमबार राति एक रेडियो अन्तर्वार्तामा मोनाकोका उपाध्यक्ष बादिम वसिलिभले खुलासा गरेका छन् कि एमबाप्पेका लागि रियल मड्रिडले पनि पेरिस सेन्ट जर्मेइन् पीएसजीले जत्तिकै बोली लगाएको थियो । तर, उनले आफ्ना खेलाडीको चाहनालाई सम्मान गरे ।

एमबाप्पेले स्पेन आउने निर्णय गर्नेमा रियल ढुक्क पनि थियो । तर, अन्तिममा उनले पीएसजी नै रोजे, कारण थियो रियलमा गएको भए बेञ्चमा धेरै समय बिताउनुपर्ने हुन सक्थ्यो ।

‘हो, रियलले पनि उसलाई (एमवाप्पे) पीएसजीले जति नै बोली लगाएको थियो,’ बासिलिभले फ्रान्सेली रेडियो मोन्टेकार्लोसँगको अन्तर्वार्तामा भने ।

‘म सधैं स्पष्ट छु र ेकेहि लुकाउनु पनि आवश्यक ठान्दिनँ । उनले थपे, ‘र, म केलियन र उनका परिवारको इच्छाको सम्मान गर्छु ।’

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey