एफए कपको पाँचौं चरण म्यान्चेस्टर सिटी र विगान भिड्ने

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१०-१६
  • |
  • 256 पटक हेरिएको

माघ १६ । प्रिमियर लिग लिडर म्यान्चेस्टर सिटीले इंग्लिस नकआउट फुटबल प्रतियोगिता एफए कपको पाचौं चरणमा लिग वानको शीर्ष स्थानमा अवस्थित विगानसँग प्रतिस्पर्धा गर्ने भएको छ ।

यी दुई टोली सन् २०१३ को एफए कप फाइनलमा आमने सामने भएका थिए । जहाँ विगानले सिटीलाई १–० ले हराउँदै उपाधि जितेको थियो ।

सोमबार राति सार्वजनिक खेलतालिकामा अर्को टोली म्यान्चेस्टर युनाइडेडले भने प्रमियर लिगकै टोली हर्डर्सफिल्ड या च्याम्पियनसिप टोली बर्मिंघमसँग खेल्नेछ ।

यता गत संस्करणको फाइनलमा आर्सनलसँग पराजित भएको चेल्सीले यस संस्करणकेो पाँचौं चरणमा हल सिटीसँग प्रतिस्पर्धा गर्दैछ ।

एफए कपका पाँचौं चरणका खेलहरु फेब्रुअरीको तेस्रो सप्ताहन्तमा हुनेछ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey