विमल कोलकाता पुगे

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१०-१५
  • |
  • 220 पटक हेरिएको

माघ १५, काठमाडौं । भारतीय आई–लिग क्लब मोहन बगानमा आबद्ध भएका नेपाली युवा स्ट्राइकर विमल घर्तिमगर कोलकाता पुगेका छन् ।

मोहन बगानमा खेल्ने पक्का भएपछि विमल मंगलबार दिउँसो काठमाडौंबाट भद्रपुर हुँदै कोलकाताका लागि हिँडेका थिए । विमलले सोमबार टिमका खेलाडी तथा पदाधिकारीलाई भेट्नेछन् ।

मंगलबारदेखि उनले आधिकारिक रुपमा प्रशिक्षण सुरु गर्नेछन् ।

विमललाई सोनी नोर्देको स्थानमा अनुबन्ध गरिएको हो । हाइटीका खेलाडी नोर्दे घाइते भएपछि उनलाई मोहन बगानले अनुबन्ध गरेको हो ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey