विधान संशोधन गरे निलम्बन फुकुवा हुनसक्छ- आर्इसीसी

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१०-१५
  • |
  • 215 पटक हेरिएको

माघ १५, काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले नेपाल क्रिकेट संघ क्यानको प्रस्तावित विधान संशोधन भएमा निलम्बन फुकुवा हुने संकेत दिएको छ ।

आइसीसी प्रतिनिधि इमरान ख्वाजासहितको टोलीले निर्वाचित क्यान, सल्लाहकार समितिका पदाधिकारीसँग गरेको बैठकले विधान संशोधन गरेमा आगामी जुनमा हुने आइसीसीको बोर्ड बैठकबाट निलम्बन फुकुवा गर्ने आश्वासन दिएको हो ।

सल्लाहकार समूहले बनाएको विधानमा निर्वाचित क्यानको साधारणसभाले संशोधन गरे पनि आईसीसीले मानेको छैन । आइतबारको बैठकमा आईसीसीले नयाँ विधानअनुसार हुने चुनावी साधारणसभामा सरकारका ७ प्रतिनिधि रहने व्यवस्था खारेज गर्न भनेको छ ।

साथै निर्वाचित क्यानका १७ सदस्य स्वतः सहभागी हुन पाउने प्रावधानमा पनि आपत्ति जनाएको छ । साथै जिल्ला संघको निर्वाचन के गर्ने भनेर छलफल भएको थियो ।

विधान स्वीकृत गरेलगत्तै निर्वाचित क्यानले ३४ जिल्लामा निर्वाचन भइसकेको छ तर, सल्लाहकार समूहका केही सदस्यले आईसीसीको सहमति नभएको भन्दै विरोध गरेका छन् ।

विवाद भएका जिल्लाहरुमा छानविन गर्ने गरी सहमति हुन सक्ने बताइएको छ । आगामी फेब्रुअरीमा आईसीसीको बोर्ड बैठक छ भने जुन महिनामा साधारणसभा हुनेछ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey