मैत्रीपूर्ण भलिबल– हङकङ भर्सेस नेपाल

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१०-१५
  • |
  • 232 पटक हेरिएको

नेपालले ३४ वर्षपछि पहिलो पटक हङकङको राष्ट्रिय टोलीसँग मैत्रीपूर्ण भलिबल खेलेको छ । सन् १९८३ मा जापानमा भएको एशियाली भलिबल प्रतियोगितामा जित हासिल गरेको नेपालले आइतबारको खेलमा पनि हङकङलाई पराजित गर्न सफल भयो ।

नेपालले ३–२ को संघर्षपूर्ण जित निकालेको हो । यान चाउ कोक स्पोर्टस कम्प्लेक्समा भएको खेलमा नेपालले पहिलो सेट २३–२५ ले गुमाए पनि त्यसपछिका दुईसेटमा २८–२६ र २५–२१ ले जित्यो । चौथो सेट हङकङले २१–२५ ले जित्यो । अन्तिम सेटमा नेपालले पुनरागमन गर्दै १७–१५ ले आफ्नो पक्षमा पारेको थियो ।

त्यसै खेलको हाइलाइट्स हेर्नुहोस्

 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey