जिम खुलाउन माग

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-०२-२६
  • |
  • 372 पटक हेरिएको

काठमाडौं शारीरिक सुगठन तथा फिटनेस संघले जिमहरु खुलाउनका लागि ज्ञापनपत्र बुझाएका छन । संघले आइतबार व्यायामशाला सुरक्षित तरिकाले खुलाउन माग गर्दै काठमाडौं जिल्ला प्रशासनलाई ज्ञापनपत्र बुझाएको हो ।

संघका अध्यक्ष सुरेश सुवेदीको नेतृत्वमा गएको टोलीले प्रशासनलाई ज्ञापनपत्र बुझाएको हो ।

उनीहरुले  बुझाएकाे विज्ञेप्तीमा विगत लामो समयदेखि संसारभर फैलिएको कोरोना भाइरसको कोभिड १९ ले गर्दा मानव जीवन अस्तव्यस्त भएको र चार लाखभन्दा बढी व्यक्तिहरुले ज्यान गुमाइसकेको र नेपालमा पनि कोभिड १९ भाइरसले गर्दा चैत महिनादेखि लकडाउन शुरु भई हालसम्म पनि कायम रहेको उल्लेख छ ।

हालसम्म यस महामारीले नेपालमा पनि ३४०० भन्दा बढी संक्रमित र १३ जनाको मृत्यु भईसकेको अवस्था छ । हालसम्म यसको कुनै खोप वा औषधी ननिस्केको अवस्थामा डब्लुएचओ र नेपालका विषेशज्ञहरुको सुझाव अनुसार मानव शरिरका प्रतिरक्षा प्रणालीलाई बलियो बनाउन सकिएमा उक्त रोग बाट सजिलै बच्न सकिने बताएका छन् । जसको लागि उचित खानपानका साथै दैनिक व्यायाममा जोड दिएको पाइन्छ । त्यसैले दैनिक व्यायाम गर्नु जरुरी देखिन्छ ।

जसका लागि बन्द रहेको जिम तथा फिटनेस सेन्टर यथाशिघ्र छिटो खोल्नु जरुरी देखिन्छ । संसारभरका विज्ञहरुले यो महामारी छिटै नसकिने भएकोले डब्लुएचओको निर्देशनअनुसार सम्पूर्ण मापदण्डहरु पूरा गरेर सावधानीपूर्वक जनजीवन सहजीकरण तर्फ लैजानु पर्छ भनि सुझाएका छन् । काठमाडौं जिल्लामा हाल करिब २०० वटा जति जिमहरु रहेका छन् । जसमा अरब भन्दा बढी लगानी भएको देखिन्छ ।

हाल बन्दका कारणले जिम संचालकहरुले कर्मचारीहरुलाई तलब, घरभाडा, बैंक ब्याज, बिजुलीको महशुल र नेपाल सरकारलाई बुझाउनुपर्ने कर बुझाउन नसक्ने स्थितिमा पुगेका छन् । जिम बन्दको असर हजारौं बिरामी नागरिकहरुमा समेत परेको छ । प्रेसर, सुगर, फिजियो थेरापी गर्नुपर्ने, नसा सम्बन्धि रोग, डिप्रेसनका बिरामीहरुलाई त झन् बढी असर परेको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey