आर्इपीएलबाट करोडपति बनेका जयदेवको अनुभवः अक्सनका बेला शरीर कापेको थियो

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१०-१५
  • |
  • 181 पटक हेरिएको

इन्डियन प्रिमियर लिग आइपिएलले धरै क्रिकेटरलाई एकाएक करोडपति बनाएका धरै उदाहरण छन् । त्यसैमा परेका छन् भारतीय बलर जयदेव,

आर्इपीएलमा विक्रि भएका बलरमा सबैभन्दा महंगा बलर बनेका जयदेवलाई राजस्थान रोयल्सले ११ करोड ५० लाख भारतीय रुपैयाँमा अनुबन्ध गरेकाे छ ।

२६ बर्षे जयदेव आइपिएल अक्सनका बेलाको अनुभव यसरी बताए ।

बैङलोरमा आइपिएल अक्सनको दुई/तीन घण्टा पछि भारतीय सञ्चार माध्यमले मलाई  एकपछि अर्को फोन गरे । लगातार फोन आएकाले दुई पटक मोवाईलको ब्याट्री सकिएर अफ पनि भयो । लगातार फोन आएकाले केहिबेल वाक्क भएर ३०–४० फोन कल उठाइनँ पनि । जति फोन उठाए धरै जसोलाई अन्तर्वार्ता दिएँ । तर कतिलाई दिएँ त्यो सम्झन नै कठिन छ ।

खासमा आइपिएलको अक्सन परिवारसँग घरमै बसेर हेर्ने योजना थियो । तर मेराे नाम केहि ढिला अायाे र मलार्इ विजय हजारी ट्रफीको तयारीका लागि प्रशिक्षणमा हाजिर हुनु थियो । त्यसैले समयमै घरबाट निक्लिएर प्रशिक्षणमा लागेँ। प्रशिक्षणमा पुगेपछि साथीलाई अक्सनमा मेरो नाम आएपछि बोलाउनु भनेर बलिङ गर्न थालेँ। जव अक्सनमा मेरो नाम आयो त्यो बेला ५ मिनेट प्रशिक्षण रोकेर सबै साथीहरुले मोवाईलमा अक्सन हेरेका हाै‌ ।

अक्सनमा हरेक टिमले बोली लगाउदै गर्दा मेरा साथिहरु म भन्दापनि निकै उत्साहित थिए । हरेर मिनेटमा ठूलो स्वरले चिच्याउँदै रकम भनिरहेका थिए । उनिहरु म भन्दापनि निकै खुसी थिए । जव अक्सनमा मेरो नाम विक्यो त्यसपछि त झन टिमका साथीहरुले पार्टी नदिइ घर जान नदिने भनेर ढिट गर्न थाले । तर उनीहरुलाई विजय हजारे ट्रफिका बेला हैदरावादको सानदार होटेलमा पार्टी दिने वाचा गरेपछि सबैले माने ।

अक्सनमा बोली लागेपछि र साथिहरुलाई मनाएपछि म फेरि प्रशिक्षणमा नै केन्द्रित भएँ । तर त्यो बेला जुन अवस्थामा म थिए त्यो बताउन नै निकै कठिन थियो । यो उचाईलाई कसरी सम्हाल्ने भनेर आफुले सोच्न पनि सकेको छैन । अक्सन अगाडी बलिङ गरिरहेको थिएँ, पछि ब्याटिङमा उत्रिएँ। सो बेला मलाई केहि कठिन भने भएन । 

प्रशिक्षणका बेला मैले धरै फोन आए पनि उठाइनन। जव प्रशिक्षण सकियो त्यसपछि आएका फोनलाई मैले राम्रोसँग उत्तर दिएँ कतिलाई दिन पनि पाइनँ।

अहिले राजकोटमा दिदीको घरमा बस्दै आएको छु । वुवा आमाले यो खवर थाहा पाएपछि उहाँहरुमा पनि उत्साहको सीमा थिएन । यो मेरो लागि पनि चुनौतीका साथै आफूलाई प्रमाणित गर्ने राम्रो अवसर हो । २०१० मा टेष्टमा दक्षिण अफ्रिकाविरुद्ध डेब्यु गर्दा भन्दा पनि राम्रो क्षण मलाई लागिरहेको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey