दक्षिण कोरियाका स्टार जुडो खेलाडी आजीवन प्रतिबन्धमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-०२-०२
  • |
  • 267 पटक हेरिएको

सन् २००८ मा ओलम्पिकमा रजत पदक जीतेका दक्षिण कोरियाका स्टार जुडो खेलाडी आजीवन प्रतिबन्धमा परेका छन् ।

दक्षिण कोरियाको राष्ट्रिय खेल संस्थाले एक किशोरी खेलाडीमाथि यौनहिंसा गरेको आरोपमा अहिले प्रशिक्षकको भूमिकामा रहेका वाङ की चुनलाई आजीवन प्रतिबन्ध लगाएको हो ।

उनले बेइजिङ ओलम्पिकको प्रारम्भिक चरणपा करङ भाँच्चिए पनि प्रतिस्पर्धा गर्दै ७३ केजी तौल सपूहमा फाइनलसम्म पुगेका थिए । उनी फाइनलमा पराजित भएपछि रजत पदकमा समेटिएका थिए । किशोरीलाई यौन हिंसा गरेपछि उनी पक्राउ परेका छन् । यदि आरोप प्रपाणित भए वाङ जेल पनि बस्नु पर्ने छ ।

कोरियाको जुडो संघले ३१ वर्षीय वाङको खेल जीवन समाप्त भएको जनाएको छ ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal