श्रीलंका प्लेट च्याम्पियन, साविक विजेता वेष्ट इन्डिज पराजित

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१०-१५
  • |
  • 154 पटक हेरिएको

न्युजिल्याण्डमा जारी यु-१९ विश्वकप अन्तर्गत भएको प्लेट च्याम्पियनशिपतर्फको उपाधि श्रीलंकाले जितेको छ । फाइनलमा साविक विजेता वेष्ट इन्डिजलाई ३ विकेटले हराउदै उपाधि उचाल्यो ।

न्युजिल्याण्डको लिंकोल्नमा भएको खेलमा टस हारेर पहिले ब्याटिंग गरेको इन्डिजले ५० ओभरमा ५ विकेट गुमाएर २५४ रन बनायो ।

उसका लागि अलिक अथनाज़ेले अविजित ११० रनको पारि खेले । ११० बलको सामना गर्दा ५ चौका र २ छक्का प्रहार गरे। छैठौ विकेटको लागि उनले ब्राड बर्नेससँग मिलेर अविजित १०२ रनको साझेदारी गरेका थिए ।

ब्राड बर्नेसले अविजित ३७ रनको पारी खेले । जारी प्रतियोगितामा उनको यो दोस्रो सतक हो ।

श्रीलंकाका लागि प्रवीण जयविक्रमा तथा निपुण मालिंगाले समान २/२ विकेट लिए ।

जवाफमा श्रीलंकाले मात्र २ बल बाकीं छदा ७ विकेट गुमाएर लक्ष्य पुरा गर्यो ।

श्रीलंकाले पहिलो विकेटको लागि २१८ रनको साझेदारी गरेको थियो । उसका ओपनरद्वय धनन्जय लक्षणले ९८ र हसिथा बोयागोडाले ११६ रनको पारि खेलेका थिए ।

२१८ रनमा १ विकेटको अवस्थाबाट रहेको श्रीलका २४९/७ रनको स्थितिमा पुगेको थियो । अन्तिममा उसलाइ जित दिलाउन हरेन बुद्दीला ५ रन र थिसारू राष्मिकाले ४ रन बनाए ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey