आशिष दुवाडी र माला राई इन्डियन ओपन बक्सिङबाट बाहिरिए

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१०-१४
  • |
  • 529 पटक हेरिएको

नेपालका आशिष दुवाडी र माला राई भारतको नयाँ दिल्लीमा सुरु इन्डियन ओपन अन्तराष्ट्रिय बक्सिङ प्रतियोगिताबाट बाहिरिएका छन् ।

आइतबार भएको पहिलो खेलमा दुवाडी आयोजक भारतका खेलाडी र राई मंगोलियाकी खेलाडीसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएका हुन् ।

दिल्लीस्थित त्यागराज स्पोर्ट्स कम्प्लेक्समा पुरुष सुपर हेबिवेटको ९१ केजी तौल समूहमा त्रिभुवन आर्मी क्लबका आशिष भारत ए टिमका सतिस कुमारसँग ५ – ० ले पराजित भए ।

दवाडी गत पुसमा भएको राखेप च्याम्पियनसिपमा स्वर्ण जित्दै यो प्रतियोगिताको लागि छनोट भएका थिए । यस्तै फ्लाइवेट ५१ केजी तौल समूहमा रिङ उत्रेकी एपीएफ क्लबकी माला मंगोलियाकी जार्गालन ओचिरबटसँग ५ – ० ले नै पराजित भईन् ।

प्रतियोगिता अन्तर्गत आइतबार नै नेपालबाट अन्य चार खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । महिलातर्फ अब ललिता महर्जन, विमला श्रेष्ठ र संगीता सुनारले प्रतिष्पर्धा गर्ने छिन् । पुरुषतर्फ विष्णु प्रसाद घलेको खेल बाँकी छ ।

प्रतियोगितामा नेपाल र आयोजक भारतसहित २३ राष्ट्रको सहभागिता रहेको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey