ढोरपाटन महिला भलिबलमा श्रीगाउँको दोहोरो जित

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१०-१४
  • |
  • 214 पटक हेरिएको

माघ १४, काठमाडाैं । १३औं ढोरपाटन महिला डबल लिग भलिबल प्रतियोगितामा आज दाङ्को श्रीगाउँ खेलकुद विकास समितिले दोहोरो जित हात पारेको छ ।

गोंगबु स्थित नयाँ बसपार्कको मैदानमा भएको खेलमा श्रीगाउँले भक्तपुरको स्प्रिङ्डल स्कुल र पूर्वाञ्चल क्षेत्रिय भलिबल संघलाई हरायो ।

स्प्रिङ्डल विरुद्धको खेलमा श्रीगाउँले २५–८, २५–७ र २५–१४ को जित हात पारेको थियो ।

यस्तै पूर्वाञ्चल विरुद्ध भने श्रीगाउँले २५–१७, २५–२१ र २५–२० को जित निकाल्यो ।

न्यू डायमण्ड स्पोर्टस क्लबले भने दुबै खेलमा पराजित भएको छ । पहिलो खेलमा पारामाउण्ट स्कुलसँग ३–१ को सेटमा पराजित भएको न्यु डायमण्ड स्पोर्टस क्लब दोस्रो खेलमा भने मेघौली स्पोर्टस क्लबसँगको खेल २५–१४, २५–७ र २५–१७ ले गुमाउन पुग्यो ।

मेघौली आर्मीसँग भने ३–० कै सेटमा हार्न पुग्यो । मेघौलीले आर्मीसँगको खेलमा २५–१३, २५–१२ र २५–५ मा गुमायो ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey