खुकुरी च्यालेञ्जर्स कपमा शान्तिनगर र केसीटीसी विजयी

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१०-१४
  • |
  • 147 पटक हेरिएको

माघ १४, काठमाडौं । काठमाडौंमा जारी खुकुरी च्यालेञ्जर कप टि–२० क्रिकेट प्रतियोगिता अन्तर्गत आइतबार शान्तिनगर युथ क्लब र काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टर केसीटीसी विजयी भएका छन् ।

मुलपानी स्थित क्रिकेट मैदानमा सम्पन्न पहिलो खेलमा शान्तिनगरले अल्टिमेट इन्डोर क्रिकेटलाई ३६ रनले हरायो ।

टस हारेर ब्याटिङको निम्तो पाएको शान्तिनगरले २० ओभरमा ९ विकेट गुमाउँदै १३६ रन बनाएको थियो । शान्तिनगरका लागि मन्जित श्रेष्ठले ४१, पुरुषोत्तम झाले ३१ त्था सुनिल धमलाले २३ रनको योगदान दिए ।

ब्लिङ तर्फ कृष्णसिंह नेगीले ४, जितेन्द्र यादवले ३ तथा नरेश थापाले २ विकेट लिए ।

१३७ रनको लक्ष्य पछ्याएको अल्टिमेट ६ विकेटको क्षतिमा १०० रनमा समेटियो । उसका लागि किरण ठगुन्नाले ५० रनको योगदान दिए भने अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् ।

अल्टिमेटलाई कम स्कोरमा रोक्नका लागि सुनिल धमलाले २ विकेट लिए ।

अर्को खेलमा केसीटीसीले प्युउठान च्यालेञ्जर्सलाई ७ रनले हरायो । पहिला ब्याटिङ गर्दै केसीटीसी ५ विकेटको क्षतिमा १४७ रन बनाएको थियो ।

सो लक्ष्य पछ्याउने क्रममा प्युठान च्यालेञ्जर्स १४० रनमा समेटियो । प्रेम तामाङले ५८ रन र राजवीर सिंहले ४७ रनको योगदान दिएपनि टिमलाई जित दिलाउन सकेनन् ।

पहिलो जित निकाल्दै केसीटीसीले ४ अंक जोड्दा शान्तिनगर युथ क्लब ७ अंक सहित समुह एको शीर्ष स्थानमा छ । प्युठानले पनि एक खेलमात्र जितेको छ ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal