डीपीएल-२: चाैराहाद्वारा उपाधि रक्षा, फाइनलमा काठमाडौं २१ रनले पराजित

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१२-३०
  • |
  • 170 पटक हेरिएको

नेप्लेज, ३० चैत । धनगढी प्रिमियर लिगको उपाधि घरेलु टिम धनगढी टिम चौराहाले रक्षा गरेकाे छ । गत संस्करणमा पनि चाैराहा च्याम्पियन बनेको थियो । फाइनलमा काठमाडौ गोल्डेन्सलाई २१ रनले हराउँदै चौराहाले उपाधि उचाल्यो ।

कैलाली स्थित नेपाल प्रहरीको मैदानमा टस जितेर ब्याटिङ गरेको धनगढीले २० ओभरमा चार विकेट गुमाउँदै एक सय ८१ रन बनायो ।

सुरुवात भने राम्रो गर्न नसकेको धनगढीले १२ रन हुँदा राम्रो फर्ममा नभएको विदेशी खेलाडी अस्फाक अहमदलाई ४ रनमा गुमायो । प्याराफिट खचाखच भरिएपछि धेरै दर्शकले प्रत्यक्ष खेल हेर्न टिकट पाएका थिएनन् ।

सात हजार दर्शक क्षमताको अस्थाई प्याराफिट खेल सुरु हुनासाथ भरिएको थियो । घरेलु दर्शक माझ धनगढी निकै राम्रो ब्याटिङ गर्यो । दोस्रो विकेटका लागि सुनिल धमला र रोहन मुस्तफाले एक सय ४२ रनको साझेदारी गर्दै टिमलाई बलियो स्थितीमा पुर्याए ।

डीपीएलमा यी दुई खेलाडीको यो साझेदारी अहिलेसम्म कै उच्च हो । चौराहाको स्कोर एक सय ५४ रन हुँदा दोस्रो विकेट झर्यो । रोहन मुस्तफाले ४२ बलमा ६० रन बनाए । प्रतियोगितामा पहिलो अर्धसतक बनाउने क्रममा रोहनले चार चौका र चार छक्का प्रहार गरे ।

तर त्यसको लगत्तै क्रिजमा आएका सोनु तामाङ पनि आउट भएपछि चौराहाले एक सय ५५ रनमा तेस्रो विकेट गुमायो । जारी प्रतियोगितामा रोहन सर्वाधिक रन बनाउने खेलाडीको सुचिमा तेस्रो स्थानमा रहे ।

चौराहालाई बलियो लक्ष्यतर्फ अगाडी बढाउन सुनिल धमलाले ७८ रन बनाए । उनले ६२ बलमा आठ चौका र तीन छक्का प्रहार गरे । बलिङ तर्फ सुबोध भाटीले दुई विकेट लिए । उसले ३१ अतिरीक्त रन दिएको थियो ।

जवाफमा काठमाडौ २० ओभरमा ८ विकेट गुमाउदा एक सय ६० रनमा रोकियो । उसले पनि सुरुवात राम्रो गर्न सकेन । १२ रन हुदा पहिलो किवेट गुमाएको काठमाडौका ओपनर सुबोध भाटी मात्र ५ रनमा आउट भए ।

त्यसपछि दोस्रो विकेटका लागि अमित श्रेष्ठ र पुष्प थापाले काठमाडौको पारीलाई सम्हाल्ने प्रयास गरेपनि पुष्प मात्र १५ रनमा आउट हुदा ६६ रनमा अर्को विकेट खेर फाल्यो । ठुलो लक्ष्य पक्ष्याएको काठमाडौको स्कोर ८५ रन हुदा अमित श्रेष्ठ ब्यक्तिगत ५८ रनमा आउट भएपछि तेस्रो विकेट गुमायो ।

जारी प्रतियोगितामा अमित सर्वाधिक रन बनाउने खेलाडीको सुचिमा दोस्रो स्थानमा छन । उनले सात खेलमा दुई सय ४२ रन बनाए । जसमा उनको उच्च स्कोर ८१ रन रह्यो । त्यसपछि काठमाडौको स्कोर एक सय २१ रन हुदा कप्तान ज्ञानेन्द्र मल्ल ब्यक्तिगत ३० रनमा आउट भए ।

पछिल्लो पटक राम्रो लयमा नदेखिएका मल्लले यो प्रतियोगिताबाट उत्कृष्ट कमब्याक गरेका छन । सात खेलमा मल्लले दुई सय ४८ रन बनाए । निकै प्रतिस्पर्धात्मक रुपमा अगाडी बढेको काठमाडौले एक सय ५५ रन पाचौ विकेट गुमायो । नरेश बुढाऐर १९ रनमा पेभेलियन फर्किए ।

तर १९ औ ओभरमा रोहन मुस्तफाले दुई खेलाडीलाई आउट गरेपछि चौराहाले खेल आफनो पक्ष्यमा पार्यो । रोहनले भरपर्दा खेलाडी सन्नी पटेललाई २२ रनमा बोल्ड गरे भने रासिद खानलाई मात्र २ रनमा बोल्ड गरे ।

चौराहाले घरेलु मैदानमा भएका तीन वटा प्रतियोगिताको उपाधि जितेको छ । दुई बर्ष अगाडी धनगढी क्रिकेट लिगको उपाधि जितेको चौराहाले अघिल्लो बर्ष डीपीएलको पहिलो सस्करणको च्याम्पियन बनेको थियो । यसपटक पनि उसले उत्कृष्ट रुपमा उपाधि कब्जा गर्न सफल भयो । उपाधिसँगै चौराहाले २५ लाख रुपैयाँ पायो भने उपविजेता काठमाडौले १० लाख रुपैयाँमा चित्त बुझायो ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal