माघ १३, काठमाडाैं । भारतिय क्लब मोहन बगानले नेपाली युवा स्ट्राइकर विमल घर्तिमगरलाई अनुबन्ध गरेको छ ।
हाल आई लिगको चौथो स्थानमा रहेको मोहन बगानले सोनी नोर्देको स्थानमा विमललाई अनुबन्ध गरेको बताइएको छ । उनको पारिश्रमिकको बारेमा भने कुनै कुरा खुलाइएको छैन ।
विमल आइतबार नै कोलकात्ता जानेछन् र सोमबारदेखि अभ्यास सुरु गर्ने माेहन बगानले जनाएको छ । कलकत्ताको मोहनबगान अहिले ११ खेलबाट १७ अंक सहित तालिकाको चौथो स्थानमा छ ।
अब विमलले बाँकी सिजन मोहन बगानबाट खेल्नेछन् । आई लिग मार्च सम्म चल्नेछ ।