आईपीएलमा आज दिल्लीको खेल, सन्दिप प्लेइङ सेटमा पर्लान् ?

0

नेप्लेज, २५ चैत । इण्डियन प्रिमियर लिग आईपीएलमा आज दिल्ली डेयर डेभिल्सले किङ–११ पञ्जावसँगै उसकै मैदानमा प्रतिस्पर्धा गर्दैछ ।

चण्डीगढस्थित पञ्जाव क्रिकेट एशोसियशनको मैदानमा पञ्चाव र दिल्लीबीचको खेल नेपाली समयअनुसार दिउँसो सवा चार बजेदेखि सुरु हुनेछ ।

दिल्लीको कप्तानी घरेलु खेलाडी गौतम गम्भीरले गर्नेछन् भने पञ्जावको नेतृत्व रविचन्द्रन आश्विनले गर्नेछन् ।

अष्ट्रेलियाली टिममेट एरोन फिन्चको विवाहमा सरिक भएका ग्लेन म्याक्सवेल आजको खेलमा दिल्लीको टिममा हुनेछैनन् । उनको स्थानमा क्रिश गेल वा ज्यासन रोयमध्ये एक खेल्ने बताइएको छ ।

नेपाली युवा लेग स्पिनर सन्दिप लामिछाने पनि आजको खेलमा प्लेइङ सेटमा पर्ने सम्भावना कम छ । भारतका भेट्रान लेग स्पिनर अमित मिश्राले दिल्लीको स्पिन बलिङको नेतृत्व लिने सम्भावना छ ।

प्लेइङ सेटमा बढीमा चार विदेशी खेलाडी राख्न पाउने नियमले सन्दिप प्लेइङ सेटमा पर्ने सम्भावनालार्इ प्रभावित बनाउनेछ ।

गत वर्षको संस्करणमा दिल्ली र पञ्जावले २ खेल खेलेकोमा एक एक जित हासिल गरेका थिए । पहिलो खेलमा ५१ रनले दिल्ली विजयी भएको थियो भने दोस्रो खेलमा पञ्जाव १० विकेटले हावी भएको थियो । पछिल्लो भेटमा दिल्ली पञ्जावसँग मात्र ६७ रनमा समेटिएको थियो ।

Post Add 1025X115
Loading...