डीपीएलमा काठमाडौं र महेन्द्रनगरबीचको खेल रद्द

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१२-२५
  • |
  • 199 पटक हेरिएको

चैत २५, कैलाली । धनगढी प्रिमियर लिग अन्तर्गत आज हुने भनिएको काठमाडौं गोल्डेन्स र महेन्द्रनगर युनाईटेड विचको खेल बर्षाका कारण रद्द भएको छ ।

गएराति भएको भारी बर्षाका कारण मैदान गिलो भएकाले आजको पहिलो खेल प्रभावित भएको हो । जसका कारण दुबै टिमले अंक बाढेका छन ।

प्रतियोगितामा दुबै टिम प्लेअफमा पुगिसकेका छन । काठमाडौं गोल्डेन्स प्रतियोगितामा अपराजित एक्लो टिम हो । लगातार चार खेलमा जित निकाल्दै उसले एक खेल अगाडी नै प्लेअफमा पुगेको छ ।

यता महेन्द्रनगरले पनि चार खेलमा पाँच अंकका साथ प्लेअफमा पुगेको हो । हिजो पनि बर्षाका कारण महेन्द्रनगरले अत्तरीयासँग अंक बाढेको थियो ।

जसका कारण उसले प्ले अफमा स्थान बनाएको हो । आज नै विराटनगर किङस र अत्तरीया विच खेल हुनेछ । यो खेलको विजेताले प्ले अफमा स्थान बनाउनेछ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey