सेन्ट्रल जोन भलिबलका लागि राष्ट्रिय टिमको घोषणा, ५ नयाँ खेलाडी

0

चैत्र २३, काठमाडौ । बंगलादेशमा हुने सेन्ट्रल जोन पुरुष भलिबल प्रतियोगिताका लागि नेपाली राष्ट्रिय भलिबल टिमको घोषणा भएको छ । जसमा यसपटक टिममा ५ जना नयाँ खेलाडीले स्थान बनाएका छन ।

नेपाल भलिबल संघको कार्यसमितीको बैठकले इम रानामगरको कप्तानीमा १२ खेलाडी छनोट गरेका छन ।

जसमा दिपकराज जोशी, सुरेन्द्र बम, राजु शेरचन, दिनेश गिरी र विनोद चन्दले पहिलो पटक राष्ट्रिय टिममा स्थान बनाए ।

उनिहरुले महेन्द्र श्रेष्ठ, भैरव बम, दुर्गा महतो र राजकुमार निरौलाको स्थान लिएका हुन ।

राष्ट्रिय टिममा विभागिए टिम बाहिरका एक खेलाडीमात्र परेका छन । जो सुरेन्द्र बम हुन । उनि कञ्चनपुरबाट खेल्दै आएका छन ।

टिममा आर्मीबाट ५, पुलिसबाट ४ र एपिएफबाट २ खेलाडी परेका छन ।

खेलाडीको नामावली

इम रानामगर
धनबहादुर भट्ट क्षेत्री
मानबहादुर श्रेष्ठ
कुलबहादुर थापा
हरी अधिकारी
दिपकराज जोशी
सुरेन्द्र बम
नरेन्द्र गिरी
राजु शेरचन
दिनेश गिरी
ईश्वर थापा
विनोद चन्द

पुराना खेलाडी

महेन्द्र श्रेष्ठ
भैरव बम
दुर्गा महतो
राजकुमार निरौला

Post Add 1025X115
Loading...