युवा फुटबलर अर्पण माल्दिभ्सको जेजे स्पोर्टसमा अनुबन्ध

0

नेपाली यू–१९ फुटबल टिमका कप्तान अर्पण कार्की माल्दिभ्सको दोस्रो डिभिजनको लिग खेल्ने क्लब जेजे स्पोर्टसमा अनुबन्ध भएका छन ।

९ अप्रिलबाट सुरु हुने सुरु हुने लिगका लागि अर्पण माल्दिभ्स पुगिसकेका छन्।

दोस्रो डिभिजनको लिग सिजन २ महिनासम्म चल्नेछ। लिगमा अर्पण आबद्ध जेजे स्पोर्टससँगै ९ वटा क्लबले लिगमा प्रतिस्पर्धा गर्नेछन्। उनी यो सिजनका लागि अनुबन्ध भएका हुँन । कति रकममा सम्झौता गरेका हुँन भन्ने बारेमा खुलाइएको छैन ।

अर्पण आबद्ध टिममा माल्दिल्सका मोहम्मद मुफ्ती, इस्माइल एजाज र इब्राहिम सियाम छन्। गत सिजन सेमिफाइनलमा पुगेको जेज स्पोर्टसले प्रशिक्षकको रुपमा माल्दिभ्स राष्ट्रिय टिमका पूर्वसहायक प्रशिक्षक अलि नसिद छन्।

अघिल्लो सिजन नेपाली राष्ट्रिय टिमका नम्बर एक गोलकिपर किरण चेम्जोङले पनि माल्दिभ्सको पहिलो डिभिजनको क्लब टिसी स्पोर्टसबाट खेलेका थिए।

अर्पण त्रिभुवन आर्मी क्लबसँग आबद्ध थिए। त्यसअघि उनी हिमालयन शेर्पामा आबद्ध थिए। यस्तै उनीसँग मध्यपुर युथबाट खेलेको अनुभव छ।

Post Add 1025X115
Loading...