ढोरपाटन भलिबलमा पुलिसको दोहोरो जित

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१०-१३
  • |
  • 201 पटक हेरिएको

माघ १३, काठमाडौं । ढोरपाटन महिला डवल लिग भलिबलमा नेपाल पुलिसले दोहोरो जित हासिल गर्दा न्यू डायमण्ड एकेडेमी र नेपाल एपीएफ क्लवले आफ्नो अपराजित यात्रा कायमै राखेका छन् ।

नयाँ बसपार्कस्थित ढोरपाटन भलिबल प्रशिक्षण केन्द्रमा शनिबार भएका खेलहरुमा नेपाल पुलिसले त्रिभुवन आर्मी क्लव र श्रीगाउँ खेलकुद बिकास समितिको टोलीबिरुद्ध जित हासिल गरेको हो ।

आर्मीबिरुद्ध २५–१३, २५–२३ र २५–२० को सेटमा जित हासिल गरेको पुलिसले श्रीगाउँलाई २५–७, २५–११ र २५–११ कै सेटमा सहज जित निकाल्यो ।

त्यस्तै एपीएफले टप्स स्कुलको टोलीलाई २५–१८, २५–१३ र २५–१४ को जित निकाल्यो । न्यू डायमण्ड एकेडेमीले पनि पूर्वाञ्चल भलिबल संघको टोलीबिरुद्ध २५–५, २५–५ र २५–३ को सहज जित दर्ता गरायो ।

शनिबारै भएका अन्य खेलहरुमा श्रीगाउँको टोलीले मेघौली स्पोर्टस क्लवको टोलीलाई तथा मेघौलीले थ्रीस्टार एकेडेमीको टोलीलाई ३–० को सोझो सेटमा हरायो ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal