डीपीएल-२, विराटनगरको पहिलो जित, रुपन्देहीको प्लेअफ यात्रा निकै कठिन

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१२-२१
  • |
  • 174 पटक हेरिएको

चैत्र २१ । धनगढी प्रिमियर लिगमा विराटनगर किङसले पहिलो जित दर्ता गरेको छ भने रुपन्देहीले लगातार तेस्रो खेलमा हार ब्यहोरेको छ ।

आज भएको खेलमा विराटनगरले रुपन्देहीलाई ४२ रनले पराजित गर्यो । हारपछि रुपन्देहीको प्लेअफमा पुग्ने सम्भावना लगभग समाप्त भएको छ ।

कैलालीको संघिय इकाई प्रहरीको मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगरले २० ओभरमा चार विकेट गुमाउँदै एक सय ८१ रन बनायो ।

बलियो सुरुवात गरेको विराटनगरले पहिलो विकेटका लागि ४५ रनको साझेदारी गरेको थियो । ओपनर अनिल शाह ३६ रनमा आउट भएपछि विराटनगरले पहिलो विकेट गुमायो ।

त्यसपछि बाबर हायात र दिलिप नाथले दोस्रो विकेटका लागि ७९ रनको साझेदारी गर्दै टिमलाई बलियो स्थितीमा पुर्याए । दिलिप ४३ रनमा आउट भएभने बाबर ५८ रन बनाए ।

बाबरको प्रतियोगितामा पहिलो अर्धसतक हो भने चौथो हो । त्यसपछि कप्तान पारस खड्काले २२ तथा सौरभ खनालले अविजीत १७ रन बनाए । बलिङ तर्फ रुपन्देहीका सेफयान मोहम्मदले दुई विकेट लिए ।

जवाफमा सुरुवात राम्रो गर्न नसकेको रुपन्देही २० ओभरमा एक सय ३९ रनमा रोकियो । १० रन हुँदा पहिलो विकेट गुमाएको रुपन्देहीको मिडिलअडर पुर्ण रुपमा ध्वस्त भयो ।

उसका लागि प्रदिप ऐरीले ५४ रन बनाउँदा दिपक प्रशाद २२ रनमा आउट भए । ६६ रन बनाउँदा तीन विकेट गुमाएको रुपन्देहीले एक सय कटाउदा सात विकेट गुमाएको थियो ।

उसका पाँच खेलाडीले दोहोरो अंक छुन सकेनन । बलिङ तर्फ विराटनगरका सुभंम कामतले तीन तथा रामनरेश गिरीले दुई विकेट लिए । जारी प्रतियोगितामा रुपन्देही अंक विहिन हुने एक्लो टिम हो ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal