क्यारोलिन वाज्नियाकीलाई पहिलो ग्राण्डस्लाम उपाधि

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१०-१३
  • |
  • 220 पटक हेरिएको

माघ १३ । दोस्रो बरियाताकी डेनिस सुन्दरी क्यारोलिन वाज्नियाकीले वर्षको पहिलो ग्राण्डस्लाम टेनिस अष्ट्रेलियन ओपनको उपाधि जितेकी छन् । उनको यो पहिलो ग्राण्डस्लाम उपाधि हो ।

सिड्नीमा २ घण्टा ५० मिनेटसम्म चलेको निक्कै प्रतिस्पर्धात्मक फाइनलमा शीर्ष वरियाताकी रोमानियाली खेलाडी सिमोना हलेपलाई २–० को प्रतिस्पर्धात्मक सेटमा हराउँदै वाज्नियाकी विजेता बनेकी हुन् ।

पहिलो सेट टाइब्रेकरमा ७–६ ले जितेकी वाज्नियाकीले दोस्रो सेटमा ६–३ ले गुमाउन पुगिन् । निक्कै राम्रो लयमा रहेका दुवै खेलाडीको म्याच मेलवर्नको चर्को गर्मीमा निक्कै प्रतिस्पर्धात्मक बनेको थियो ।

तेस्रो तथा निर्णायक सेट पनि प्रतिस्पर्धात्मक बनेको थियो । अन्तिम सेट ४–४ को स्थितिमा रहे पनि हलेपलाई रोक्दै वाज्नियाकीले ६–४ को सेटमा खेल आफ्नो पक्षमा पारिन् भने पहिलो पटक ग्राण्डस्लाम च्याम्पियन बनिन् ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey