नेपालगञ्ज कप क्रिकेटमा बाँके ब्लास्टर महंगो टिम

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१२-२०
  • |
  • 175 पटक हेरिएको

चैत्र २०, नेपालगञ्ज । नेपालगन्ज कपमा सहभागि हुने ६ वटा क्रिकेट मध्ये राष्ट्रिय खेलाडी महेश क्षेत्री रहेको टिम बाँके ब्लास्टर सबै भन्दा महंगो टिम भएको छ ।

नेपालगञ्जमा आज भएको टिमको अक्सनमा बाँके ब्लास्टरलाई २ लाख ४० हजार रुपैयाँमा अन्नपुर्णले किनेको छ ।

यस्तै जी सानले एक लाख ५० हजारमा लुम्बिनी यात्री टिमलाई खरिद गरेको छ भने दंगाली गोखालाई १ लाख ३० हजारमा पाण्डा इभेन्ट र सोहि रकममा रोल्पा गुरिल्लाजलाई मध्यपश्चिम क्रिकेट क्लवले किनेको छ ।

यस्तै पाल्पा योद्धाजलाई १ लाख १० हजारमा आशिरवाद पेन्ट्सले र बर्दिया टाइगरलाई अर्घाखाँची एभरोलले एक लाख ७० हजारमा खरिद गरेका छन ।

सिनीयर र जुनीयर ९० जना खेलाडी मिलाएर छ वटा टिम तयार पारिएको थियो ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey