चौथो टेष्टमा अष्ट्रेलिया पराजित, शृङखला दक्षिण अफ्रिकाको पक्षमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१२-२०
  • |
  • 168 पटक हेरिएको

चैत २० । बल टेम्परिङको विवादका कारण मुख्य खेलाडी गुमाएको अष्ट्रेलियाले दक्षिण अफ्रिकाबिरुद्धको चौथो तथा अन्तिम टेष्टमा पराजय ब्यहोरेको छ ।

योसँगै दक्षिण अफ्रिकाले शृङखला ३–१ ले आफ्नो पक्षमा पारेको छ ।

अन्तिम टेष्टमा अष्ट्रेलिया दक्षिण अफ्रिका विरुद्धको खेलमा ४ सय ९२ रनको भारी अन्तरले पराजित भयो ।

टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले पहिलो पारीमा ४८८ रन बनायो । उसका लागि एडीन मार्करामले १५२ रन बनाए भने टेम्बा बाभुमाले ९५ रन बनाए ।

जवाफमा अष्ट्रेलिया मात्र २२१ रनमा अलआउट भयो । उसका चार खेलाडीले मात्र दोहोरो अंक छुन सके । जसमा कप्तान टीम पेनीले ६२ तथा उस्मान ख्वाजाले ५३ रनको योगदान गरे ।

पहिलो पारीमा राम्रो अग्रता लिएको दक्षिण अफ्रिकाले दोस्रो पारीमा थप ३४४ रन जोड्दै अष्ट्रेलियालाई ६१२ रनको लक्ष्य दियो ।

अष्ट्रेलिया दोस्रो पारीमा मात्र ११९ रनमा अलआउट भयो ।

उसका दुई खेलाडीले मात्र दोहोरो अंक बनाउँदा बाँकी खेलाडी एकपछि अर्को रुपमा पेभेलियन फर्किए । बलिङ तर्फ दक्षिण अफ्रिकाका भेरनोन फिलान्डरले ६ विकेट लिए ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey