माउन्टेन बाइक चालक राजेश, एड्भेन्चरर्स अफ दि इयर अवार्डको मनोनयनमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१२-१९
  • |
  • 211 पटक हेरिएको

चैत्र १९, काठमाडौ । चर्चित माउन्टेन बाइक चालक राजेश मगर नेशनल जियोग्राफीको एड्भेन्चरर्स अफ दि इयर अवार्डको मनोनयनमा परेका छन ।

सन् २०१८ का लागि घोषणा गरेको एड्भेन्चरर्स अफ दि इयर अवार्डमा राजेशकव नाम पनि समावेश गरिएको छ ।

नेशनल जियोग्राफीले सार्वजनिक गरेको सूचीमा माउन्टेन बाइकर्स राजेशसँगै अरु देशका ८ जनाको साहसिक खेलाडीको नाम समावेश गरिएको छ ।

हरेक बर्ष जस्तै नेशनल जियोग्राफीले साहसिक खेलकुदमा योगदान पुर्याउने एक व्यक्तिलाई यो अवार्डबाट सम्मान गर्नेछ ।

राजेशसँगै रक क्लाईम्बर एलेक्स होन्नोल्ड, अल्ट्रा रनर किलियन जोर्नेट, वाइल्ड लाइफ फोटोग्राफरद्वय क्रिस्टीना मिटरमीयर र पाउल निकलेन, वेभ रिडिङ खेलकी इमी कोच, क्लाइम्बर हिलारी नेल्सन ओ नील र अल्ट्रा रनर मिराना भालेरियो पनि मनोनयनमा परेका छन् । माउन्टेन बाइक रेसबाट मनोनयनमा पर्ने राजेश एक्लो खेलाडी हुन् ।

२१ बर्षिय राजेशले गत बर्ष भएको एसिएन एन्डयूरो सिरिज माउन्टेन बाइकको दोस्रो संस्करणमा पुरुषतर्फको उपाधि जितेका थिए ।

राजेश नेशनल जियोग्राफीको एड्भेन्चरर्स अफ दि इयर अवार्डमा मनोनयनमा पर्ने तेस्रो नेपाली हुन् ।

गत वर्ष नेपालका अल्ट्रा धाविका मिरा राईले एड्भेन्चरर्स अफ दि इयर अवार्ड अन्तर्गतको पिपुल्स च्वाइस अवार्ड जितेकी थिइन्  । त्यस्तै सन् २०१६ मा नेपाली पर्वतारोही तथा समाजसेवी पासाङ्ग ल्हामु शेर्पाले एड्भेन्चरर्स अफ दि इयर अवार्ड जितेकी थिइन् ।

 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey