मदन भण्डारी गोल्डकपको उपाधि थ्रीस्टारलाई, मनाङ २-१ ले पराजित

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१२-१९
  • |
  • 170 पटक हेरिएको

चैत्र १९, बुटवल । मदन भण्डारी गोल्ड कपको उपाधि थ्रीस्टारले जितको छ । फाइनलमा चिर प्रतिद्वन्द्वी मनाङ मस्र्याङ्दीलाई २–१ ले हराउँदै थ्री स्टार च्याम्पियन बनेको हो ।

विहान सम्म २४ घन्टामा अर्को खेल नखेल्ने बताएको थ्री स्टार आयोजकले माफी मागेपछि फाइनल खेल्न तयार भएको थियो ।

सेमिफाइनल खेलेको अर्को दिनमा नै फाइनल खेल्नुपर्ने भन्दै थ्रीस्टारले विरोध जनाएको थियो ।

तर अन्तिमा खेल्न राजि भएको थ्रीस्टारले मनाङको एक गोलको अग्रता उल्ट्यायो । मनाङले खेलको दोस्रो मिनेटमा नै विमल रानाको गोल मार्फत खेलमा अग्रता बनाएको थियो ।

सुजल श्रेष्ठको पासमा विमलले गोल गरेका थिए। पहिलो हाफमा एक गोलले पछि परेको थ्रीस्टारले ६९ ‍औ मिनेटमा अनन्त तामाङको गोल मार्फत खेल बराबरी गर्न सफल भयो ।

पिटरको लामो पासमा अनन्तले गोल गरेका थिए । खेल सकिन ८ मिनेट बाँकी हुँदा विदेशी खेलाडी अजयीले गोल गर्दै थ्रीस्टारलाई च्याम्पियन बनाए ।

यो वर्ष मनाङ विरुद्धका चारै खेलमा थ्रीस्टारले सत प्रतिशत नतिजा निकाल्न सफल भयो । थ्री स्टारको वर्षको यो चौथो उपाधि जितेको हो ।

थ्रीस्टारले यो बर्ष तिलोत्तमा, इटहरी गोल्डकप र बुढासुब्बा गोल्ड कपको उपाधि जितेको थियो । थ्री स्टारले उपाधिसँगै १५ लाख र दोस्रो भएको मनाङले ७ लाख ५० हजार रुपैयाँ प्राप्त गरेको छ ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal