डीपीएलमा काठमाडौको लगातार दोस्रो र चौराहाको पहिलो जित

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१२-१९
  • |
  • 250 पटक हेरिएको

नेप्लेज, १९ चैत्र । काठमाडौ गोल्डेन्सले धनगढीमा जारी धनगढी प्रिमियर लिग डिपिएलमा लगातार दोस्रो जित निकालेको छ ।

लिगको दोस्रो खेलमा काठमाडौले रुपन्देही च्यालेञ्जर्सलाई ६३ रनले पराजित गर्यो ।

टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौले २० ओभरमा ४ विकेट गुमाउदै एक सय ८६ रन बनायो ।

बलियो सुरुवात गरेको काठमाडौका विदेशी खेलाडी सुबोध भाटी ४२ रनमा आउट हुँदा ६५ रनमा पहिलो विकेट गुमायो ।

त्यसपछि चौराहालाई हराउँदा नायक बनेका अमित श्रेष्ठ ३० रनमा पेभेलियन फर्किएपछि काठमाडौले ७४ रनमा दोस्रो विकेट खेर फाल्यो ।

काठमाडौको मिडलअडरका खेलाडलाई पनि राम्रो प्रदर्शन गरे । सन्नी पटेलले अविजीत ४८ रन बनाए भने नरेश बुढाऐरले ३० तथा कप्तान ज्ञानेन्द्र मल्लले २० रन बनाए । यस्तै भुपेन्द्र थापाले १४ रन थपे ।

जवाफमा लगातार दोस्रो हार ब्यहोर्ने क्रममा रुपन्देही १८ ओभर ४ बलमा मात्र एक सय २३ रनमा अलआउट भयो ।

दरिलो सुरुवात गरेको रुपन्देहीले पहिलो विकेटका लागि ७१ रनको साझेदारी गरेको थियो । तर त्यसपछि अरु ५२ रन थप्दा उसले सबै विकेट गुमायो ।

रुपन्देहीका ओपनर प्रदिप ऐरीले ५७ तथा सागर पुनले १८ रन बनाउनु बाहेक बाकि खेलाडी एकोहोरो रुपमा आउट भए ।

उसको मिडिलअडर पुर्ण रुपमा ध्वस्त भयो । रुपन्देहीलाई कम स्कोरमा रोक्न रासिद खानले ४ तथा ललित राजवंशीले ३ विकेट लिए ।

दुई खेल हारेपछि रुपन्देहीलाई शिर्ष चारमा पुग्न दबाव बढेको छ ।

चौराहाको पहिलो जित

कप्तान सोमपाल कामीको कप्तानी पारीका कारण धनगढी टिम चौराहाले प्रतियोगितामा पहिलो जित निकालेको छ ।

पहिलो खेलमा काठमाडौ गोल्डेनसँग ७ विकेटले पराजित भएको चौराहाले आज अत्तरीयालाई ३ विकेटले हरायो ।

टस हारेर ब्याटिङको निम्तो पाएको अत्तरीयाले निर्धारीत २० ओभरमा आठ विकेट गुमाउँदै एक सय ५० रन बनायो ।

उसका लागि प्रेम तामाङ र बिपिन चन्दले समान २८–२८ रन बनाए । यस्तै कुशल भुर्तेलले २५ तथा दिपेन्द्र ऐरीले १९ रन जोडे ।

यस्तै कृष्ण कार्कीले १४ रन बनाउदा कप्तान सुवास खकुरेल र गौरभ चितकाराले १३–१३ रनको योगदान गरे ।

१७ रन हुँदा पहिलको विकेट गुमाएको अत्तरीयाले ७२ रन हुदा ४ विकेट खेर फालेको थियो । उसका कुनै पनि खेलाडी विच दरीलो साझेदारी नभएपनि उसले राम्रो लक्ष्य दिन सफल भयो ।

बलिङ तर्फ ललीतराज भण्डारीले तीन विकेट लिए ।

जवाफमा चौराहाले १९ ओभर २ बलमा सात विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो ।

१९ रन हुँदा दुई विकेट गुमाइसकेको चौराहाले ४६ रन हँदा ४ विकेट खेर फालेको थियो । तर कप्तान सोमपाल कामीले विस्फोटक ३८ रनको पारी खेल्दा चौराहाले जित निकाल्न सफल भयो ।

उसका लागि अरु खेलाडीमा विदेशी खेलाडी रोहन मुस्तफाले ४० रन बनाए भने राजेश पुलामी मगरले २५ रनको योगदान गरे ।

यी दुई खेलाडीले पाचौ किवेटका लागि ४१ रनको साझेदारी गरेका थिए । यस्तै अस्फाक अहमदले १० रन जोडे । प्रतियोगितामा अत्तरीयाको पहिलो हार हो ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey