आईपीएल अक्सनः क्रिश गेल बिकेनन्

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१०-१३
  • |
  • 720 पटक हेरिएको

माघ १३ । सन् २०१८ को इण्डियन प्रिमियर लिग आईपीएलका लागि शनिबार बैंगलुरुमा खेलाडी लिलामी प्रक्रिया, अक्सन भइरहेको छ ।

अक्सनको सुरुवाती चरणमा एउटा आश्चर्य भएको छ कि वेष्ट इण्डिजका क्रिकेटर क्रिश गेल पहिलो चरणको अक्सनमा बिकेनन् ।

क्रिश गेल, जो आईपीएफको गएको १० वर्षको इतिहासमा सबैभन्दा ठूला स्टारमध्येका एक हुन् । उनको सुरुवाती मूल्य २ करोड भारतीय रुपैयाँ थियो ।

शनिबारको अर्को आश्चर्यजनक रुपमा नविकेका खेलाडी हुन्, इंग्लिस कप्तान जो रुट । उनलाई पनि आईपीएलका कुनै फ्रेन्चाइची टोलीले आसो देखाएनन् ।

फ्रेन्चाइजी टोलीहरुले चाहेको खण्डमा दुवै खेलाडीलाई आइतबारको अक्सनमा पुनः समावेश गरिनेछ ।

अर्कोतर्फ इंग्लिस अलराउण्डर बेन स्टोक्सले आईपीएल अक्सनको पहिलो दिनको पहिलो सत्रमा सबैभन्दा धेरै मूल्य पाएका छन् । २ करोड सुरुवाती बोली लागेका उनलाई राजस्थान रोयल्सले १२ करोड ५० लाख भारुमा किनेको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey